इटहरीमा ५ सय शैयाको अस्पताल बनाउन समिति निर्माण

इटहरीमा ५ सय शैयाको अस्पताल बनाउन समिति निर्माण

विराटनगर । इटहरीमा पाँचसय शैयाको सुविधा सम्पन्न अस्पताल निर्माणका लागि जग्गा खोजी गर्न समिति निर्माण गरिएको छ ।
इटहरी उपमहानगरद्धारा आयोजित सरोकारवाला सवै पक्ष उपस्थित वैठकले उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीको संयोजकत्वमा जग्गा खोजीका लागि समिति निर्माण गरेको हो ।


समितिका सदस्यहरुमा उपमेयर लक्ष्मी गौतम,याम सुब्बा,इश्वर भटटराई,हेमकर्ण पौडेल,रोहित प्रसाँई,हेम घिमिरे,भीम पौडेल,धु्रव सुब्बा,मेदनी सिटौला र वजरंग अग्रवाल हुनुहुन्छ । श्री कृष्ण प्रणामी मन्दिर प्रतिष्ठान नेपाल द्धारा प्रस्तावित पाँच सय शैयाको अस्पताल निर्माणका लागि जग्गा खोजी गर्न समिति वनाइएको हो ।

जग्गा खोजी समितिलाई आवश्यक सल्लाह सुझाव र परामर्शका लागि सल्लाहकार समिति पनि गठन गरिएको छ । सल्लाहकार समितिमा संघीय सांसद सिताराम मेहता,प्रदेश नम्वर १ की उपसभामुख सरस्वती पोख्रेल र प्रदेश सांसदहरु सर्वध्वज साँवा,लिलम वस्नेत हुनुहुन्छ । हस्पिटल सम्भाब्यता अध्यन समितिका संयोजक हेम घिमिरेले वैठकमा हस्पिटलको अवधारणा पेश गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्