एडुमार्कको ‘सिम्याट अभिमुखीकरण

एडुमार्कको ‘सिम्याट अभिमुखीकरण

विराटनगर । एडुमार्क बिराटनगरले सिम्याटको अभिमुखीकरण सम्पन्न गरेको छ । प्लस २ पछि त्रिभुवन विश्वविद्यालय अर्न्तगत व्यस्थापन संकायमा स्नातक पढ्न प्रतिस्पर्धा गरेर भर्ना हुनलाई लिने सिम्याटको अभिमुखीकरण सम्पन्न गरिएको हो ।


प्रदेश १ कै पहिलो दाबी गर्ने सिम्याट पढाई हुने ईन्स्टिच्युटले आयोजना गरेको अभिमुखीकरणमा ७६ जना विद्यार्थीले सहभागिता जनाएका हुन्। सिम्याट कोर्ष त्रिभुवन विश्वविद्यालमा भर्ना हुनका लागि लिइने अति आवश्यक मानिन्छ । यसमा अनिवार्य पास भएमा मात्रै त्रिविमा स्नातक पढ्न सकिन्छ । सिम्याट कोर्स पूरा गरिसकेपछि विद्यार्थीले व्यवसाय संकाय अन्तर्गत स्नातकमा विद्यार्थीले बिबिए, बिबिएम, बिआईएम, बिपिए, बिटिटिएम जस्ता कोर्सहरू छनोट गरी सोही अन्तर्गतको परीक्षा दिई पढ्न सक्नेछन् ।

सिम्याट कोर्स कक्षा ११ रेगुलर पास भई १२ को परीक्षा दिएका वा १२ कक्षा पास भइसकेकाले फर्म भर्न पाउने छन। उक्त कार्यक्रममा एम्स कलेजका प्रिन्सिपल सिएम बस्नेत,  ओबी मिडियाका प्रबन्ध निर्देशक तथा मेरिल्याण्ड कलेजका बिजनेस डेभलपमेन्ट प्रमुख बिबेक दाहाल , एडुमार्क प्रालिका डाईरेक्टर कबिराज पौडेल, दिपेन्द्र मेहता लगायतले आफ्नो मनतव्य व्यक्त गरेका थिए । सिम्याटको कक्षा आगामी मङ्सिर २५ गतेबाट सुरु हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्