विराटनगरमा पौष २ गतेदेखि विद्यालय सञ्चालन गरिने

विराटनगरमा पौष २ गतेदेखि विद्यालय सञ्चालन गरिने

विराटनगर । कोरोना भाइरस कोभिड १९ का कारण बन्द रहेका विराटनगरका विद्यालय आगामी पौष २ गतेबाट संचालन हुने भएको छ ।
विराटनगर महानगरपालिमा आईतबार दिउँसो बसेको नगर शिक्षा समितिको बैठकबाट ८ महिनादेखी बन्द विद्यालय संचालन गर्ने निर्णय गरिएको हो ।

स्वास्थ्य मन्त्रालयले निर्धारण गरेको सम्पूर्ण प्रोटोकल पुरा गरेर विद्यालय खोल्ने निर्णय गरिएको नगर शिक्षा समितिका अध्यक्ष दुर्गा खतिवडाले जानकारी दिनुभयो । विद्यालय खोल्नुपूर्व महानगर शिक्षा समितिले स्वास्थ्य मापदण्ड पुरा गरेको या नगरेको भन्नेबारे अनुगमन गर्नेछ । विद्यालय खोल्नु अगाडी विद्यार्थीका अभिभावकसँग समेत छलफल तथा सरसल्लाह गरेर अगाडी बढ्ने खतिवडाको भनाई छ ।

विद्यालयमा धेरै विद्यार्थी हुने भएकाले २ चरण बिहान र दिउँसो गरेर चलाउनु पर्ने निर्णय भएको छ । विद्यालय सञ्चालन भईसकेपछि विद्यार्थी तथा शिक्षकहरुले अनिवार्य मास्क तथा सेनिटाइजर प्रयोग गर्नुपर्ने उल्लेख छ । हाल विराटनगर क्षेत्रमा १०५ निजी , ५६ वटा सामुदायिक र २० वटा धार्मिक विद्यालयहरु रहेको महानगर शिक्षा समितीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्