जर्मनीको आइटीटीएफ फाउन्डेसन र बिराटनगरको बिटिटिसीबीच सम्झौता

जर्मनीको आइटीटीएफ फाउन्डेसन र बिराटनगरको बिटिटिसीबीच सम्झौता

विराटनगर । अन्तर्राष्ट्रिय टेबल टेनिस महासंघ फाउण्डेसन (लाइप्जिग्, जर्मनी) र बिराटनगर टेबल टेनिस क्लबबीच आगमी बर्ष २०२१ अप्रिल ६ को दिन ‘वर्ल्ड टेबल टेनिस डे’ को अवसरमा बालिका र महिला लक्षित टेबल टेनिस कार्यक्रम हुनेभएको छ । ‘महिला सशक्तिकरण एवम् लैंगिक समानता’ भन्ने मुल नारा सहित आयोजना हुन लागेको सो कार्यक्रममा माध्यमिक बिद्यालय, उच्च माध्यमिक विध्यालय र महिला पारा टेबल टेनिस खेलाडीहरुलाई प्रशिक्षणको साथै समुहगत इभेन्टका प्रतियोगीता आयोजना गरिने भएको हो ।

बिटिटिसी क्लबका अध्यक्ष बिकेन थापाका अनुसार आइटीटीएफ सँग आबद्ध विश्वका धेरै मुलुकले सो कार्यक्रम आयोजना गर्नका लागी बिस्तृत प्रतिवेदन सहितको निवेदन दिइएको थियाो । हालसम्म अल्बेनिया, अर्जेन्टिना, बेल्जियम्, बुल्गेरिया, डेनमार्क्, इक्वेडर, फिजी आइल्याण्ड्, इरान, आयरल्याण्ड्, कोसोभो, लेबनन, नेदरल्याण्ड, नाइजेरिया, युगाण्डा, भेनेजुएला र नेपाल छनौट भएका हुन् ।
छनौट भएका देशहरुले प्रतियोगिताका लागि सम्झौता गर्नेछन् । क्लबका अध्यक्ष थापाले डिसेम्बर १ का दिन बिस्तृत प्रतिवेदन सहितको निवेदन आइटीटीएफ फाउण्डेसन लाई इमेलद्वारा पठाएकोमा डिसेम्बर ७ का दिन स्वीकृत भई छनौट गरिएको आशयपत्र प्राप्त भएको जानकारी दिनुभयो ।

यसरी छनौटमा पर्नुमा अखिल नेपाल टेबुल टेनिस संघको विशेष सहयोग रहेको थियो । बिराटनगरका लागि मात्रै नभै नेपालकै लागि गौरवको बिषय भएको क्लबका अध्यक्ष थापाले यसको सदुपयोग गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । यस अघि बिकेन थापाको अध्यक्षतामा क्लवले सन् २०१६–१९ सम्म विश्व टि टि महासंघकै अपांगता भएका महिला तथा पुरुषहरुलाइ लाक्षित ३ बर्षे ‘टीटी फर नेपाल भन्ने पारा टि टि कार्यक्रम सफलतापूर्वक संचालन गरिसकेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्