गाउँपालिकाले आँधीखोलामा छाड्यो माछाका भुरा, पर्यावरणीय सन्तुलन मिलाउने प्रयास

<span class='c1'>गाउँपालिकाले आँधीखोलामा छाड्यो माछाका भुरा,</span> <span class='c2'>पर्यावरणीय सन्तुलन मिलाउने प्रयास</span>

आँधीखोला गाउँपालिकाले खोलामा माछाका भुरा छाडेको छ । पर्यावरणीय सन्तुलन कायम राख्ने उद्देश्यले गाउँपालिकाले आँधीखोलामा ५२ हजार माछाका भुरा छोडिएको जनाएको छ ।

कालीगण्डकी माछा प्रजनन केन्द्रबाट ल्याइएका १४ पोका भुरा आँधीखोलाको विभिन्न सात ठाउँमा छोडेको गाउँपालिका अध्यक्ष सुधीरकुमार पौडेलले बताउनुभयो । माछाको पारिस्थितिकीय प्रणालीमा असर परेको भन्दै वातावरणीय प्रभाव सन्तुलनका लागि गाउँपालिकाले माछाका भुरा खोलामा छाडेको हो । आयातित माछाका प्रजातिका कारणले परम्परागत र स्थानीय माछा लोप हुने खतरा बढेपछि स्थानीय जातका माछाका भुरा छाडिएको गाउँपालिका अध्यक्ष पौडेलले बताउनुभयो । उहाँले भन्नुभयो, “नदी, ताल र तलाउको जैविक विविधता कायम गर्नुका साथै पानी शुद्ध राख्न र पानीमा अक्सिजनको मात्रा बढाउन माछाको भूमिका महत्वपूर्ण हुन्छ । त्यसैले जैविक विविधता कायम राख्नका लागि खोलामा माछाका भुरा छाडेका हौँ ।”

खोलामा साना भुरा छोड्दा काग, बकुल्लोलगायतका विभिन्न चरा तथा सर्पले समेत खाने सम्भावना बढी हुने भएकाले कम्तीमा पनि १० देखि १५ ग्रामका माछा छोडिएको कृषि प्राविधिक विवेक आचार्यले बताउनुभयो । विभिन्न कारणबाट खोलामा माछा लोप हुँदै जान थालेपछि ठेडे, हाँडे र गर्दी जातको माछाका भुरा जलाशयमा ल्याएर आँधीखोलामा छाडिएको गाउँपालिकाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्