विधि र प्रक्रियामार्फत् समाधान खोज्न बुद्धिजीवीहरुको माग

<span class='c1'>विधि र प्रक्रियामार्फत् समाधान</span> <span class='c2'>खोज्न बुद्धिजीवीहरुको माग</span>

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट नेपाल बुद्धिजीवी संगठनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई थप बलियो बनाउने ऐतिहासिक जिम्मेवारीमा एकतावद्ध भएर बौद्धिक सक्रियता बढाउन सबै मार्क्सवादी बुद्धिीजीवीहरुलाई अपील गरेको छ। शुक्रबार एक विज्ञप्ति जारी गर्दै संगठनले परिवर्तनका मुद्दाहरुको पक्षमा सक्रिय हुन बुद्धिजीवीहरुलाई आव्हान गरेको हो।

संगठनका संयोजक डा. दिनेशचन्द्र देवकोटा र सह–संयोजक कृष्ण केसीद्वारा संयुक्त रुपमा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘‘जननिर्वाचित सरकारले जनअपेक्षा पूरा गर्न नसकेको आवरणमा जनताको व्यवस्थामाथि गरिने कुनै पनि प्रकारका आक्रमण प्रगतिशील बुद्धिजीवीका लागि मान्य हुन सक्दैन। तसर्थ, सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई थप बलियो बनाउने ऐतिहासिक जिम्मेवारीमा एकतावद्ध भएर बौद्धिक सक्रियता बढाउनु सबै मार्क्सवादी बुद्धिजीवीको जिम्मेवारी हो।’’

संगठनले पार्टीभित्र विद्यमान विवादको मार्क्सवादी दृष्टिकोण, लोकतान्त्रिक विधि र प्रक्रियमार्फत् समाधान खोज्न पनि नेकपालाई आग्रह गरेको छ। ‘‘नेकपाको जारी स्थायी समितिको बैठकबाट समाजवादी कार्यदिशा, जनवादी केन्द्रीयता र लोकतान्त्रिक विधि एवं पद्धतिका पक्षमा निर्णय गर्दै नेकपालाई एउटा सच्चा माक्र्सवादी पार्टीका रुपमा अगाडि बढाउन र प्रतिगमनकारी शक्तिहरुका विरुद्धको संघर्षमा निर्णायक विजय हासिल गर्न हामी नेकपाका समस्त नेता–कार्यकर्तामा हार्दिक आव्हान गर्दछौं’’ विज्ञप्तिमा भनिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्