नगर प्रमुखको व्यक्तिगत खर्चमा एम्बुलेन्स

<span class='c1'>नगर प्रमुखको व्यक्तिगत</span> <span class='c2'>खर्चमा एम्बुलेन्स</span>

बागलुङको ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीले व्यक्तिगत खर्चमा एम्बुलेन्स खरीद गर्नुभएको छ । नगर प्रमुखले नगरकार्यपालिकाको कार्यालयले सञ्चालन गर्ने गरी एम्बुलेन्स खरीद गर्नुभएको हो ।
झण्डै रु ४० लाख पर्ने एम्बुलेन्स भन्सार छुटमा साढे रु ११ लाखमा खरीद गरेर नगरपालिकालाई हस्तान्तरणको तयारी भइरहेको प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम भट्टराईले बताउनुभयो । पश्चिम बागलुङमा एम्बुलेन्स सेवा नहुँदा सर्वसाधारण मर्कामा थिए । स्थानीय तहको निर्वाचनमा नेपालीले व्यक्तिगत खर्चमै भए पनि एम्बुलेन्स खरीद गर्ने वाचा गर्नुभएको थियो । बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रको एम्बुलेन्स बिग्रिएपछि आपत्कालीन समयमा नगरपालिकाले छिमेकी बडिगाड गाउँपालिकासँग सहयोग माग्ने गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्