प्रदेश १ मा ७७ संक्रमित थपिए, ८६ डिस्चार्ज

<span class='c1'>प्रदेश १ मा ७७</span> <span class='c2'>संक्रमित थपिए, ८६ डिस्चार्ज</span>

विराटनगर । प्रदेश १ मा शुक्रबार ७७ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा २८, झापामा २२, सुनसरीमा १४, संखुवासभामा ३, धनकुटामा २, खोटाङ, इलाम र ओखलढुङ्गामा १–१ र प्रदेश १ बाहिरका ५ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरंगको विराटनगरमा १५, रतुवामाईमा ५, कानेपोखरीमा २, रंगेली, कटहरी, बेलबारी, सुन्दरहरैचा, ग्रामथान र पथरीशनिश्चरेमा १–१, झापाको मेचीनगर र विर्तामोडमा ५–५, गौरादहमा ४, अर्जुनधारा, शिवसताक्षी र दमकमा २–२, बुद्धशान्ति र भद्रपुरमा १–१, सुनसरीको इटहरीमा ७, धरानमा ६, इनरुवामा १, संखुवासभाको खाँदबारीमा २, धर्मदेवीमा १, धनकुटामा २, खोटाङको दिप्रुङ चुईचुम्मामा १, इलाममा १ र ओखलढुङ्गाको चिशंखुगढीमा १ र प्रदेश १ बाहिरका ५ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कारोना संक्रमितको संख्या २८ हजार ७५४ पुगेको छ ।

प्रदेश १ मा ८६ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट ८१ र विराट मेडिकल कलेजबाट ५ जना रहेका छन् । हालसम्म डिस्चार्ज हुनेका संख्या २३ हजार ५३७ पुगेको छ ।

प्रदेश १ मा आज ५५७ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये महिला २६ र ५१ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म १ लाख ९९ हजार ७१६ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्