अध्यक्षद्वयको दुवै पत्र स्थायी समितिको ‘इमर्जिङ लिडरसीप’ले खारेज गर्छ : नेता बास्कोटा

अध्यक्षद्वयको दुवै पत्र स्थायी समितिको ‘इमर्जिङ लिडरसीप’ले खारेज गर्छ : नेता बास्कोटा

विराटनगर । नेपाल कम्यूनिष्ट पार्टी नेकपाका केन्द्रीय सदस्य एवं पूर्व सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले दुई अध्यक्षका पत्रहरु स्थायी समितिबाट खारेज हुनसक्ने दावी गर्नु भएको छ ।
विराटनगरमा आइतबार पत्रकारसँगको कुराकानीमा केन्द्रीय सदस्य बास्कोटाले दुई अध्यक्षले ल्याएको फरक–फरक पत्रहरु स्थायी समितिको ‘इमर्जिङ लिडरसीप’ले खारेज गर्ने दावी गर्नु भएको हो ।

नेता बास्कोटाले पार्टीका अध्यक्ष पुष्पकमल दाहालले ल्याएको आरोप र कुण्ठा पत्रको अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले फर्काएको जवाफपत्र स्थायी समितिबाट खारेज गरेर नयाँ राजनीतिक प्रतिवेदन आउने बताउनु भएको थियो । विवाद समाधान हुनै नसक्ने बिन्दुको छैन, नेता बास्कोटाले भन्नुभयो–यसमा केहि जोड र कोडहरु छन्, त्यो भनेको प्रधानमन्त्रीको जिरहपूर्ण राजीनामाको विषय हो । प्रधानमन्त्रीबाट हटाउनका लागि संसदीय प्रक्रिया वा आम निर्नाचनबाट मात्रै हटाउन सकिने नेता बास्कोटाको भनाई छ । अहिलेको प्रक्रिया अन्तहिन भएको बताउँदै यसको पक्षमा देशभरका कार्यकर्ता नभएको बताउँदै त्यो मतको आवाज नसुनिकन नेतृत्व अगाडी बढ्न नसक्ने भनाई थियो ।

पार्टीहरु आफैं लोकतन्त्रको अभ्यास गर्ने भएकोले आन्तरिक पार्टी लोकतन्त्रको अभ्यास उत्तम रुपमा गर्नुपर्ने बास्कोटाको भनाई छ । उहाँले निर्वाचनमा जाँदा नै नेतृृत्वको मियो खडा गरेर गएको दावी गर्दै राजनीतिक अस्थिरतालाई स्थिरतामा ल्याउने केपी ओलीकै ‘लिडरसीप’लाई जनताले पत्याएको बताउनुभयो । उहाँले पार्टी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री एवं अध्यक्ष केपी ओलीलाई लगाएको आरोप विरोधाभास रहेको बताउनुभयो । निर्वाचनको समयमा चुनावी मोर्चामा तत्कालिन नेकपा एमाले ठूलो पार्टी रहेको र निर्वाचनपछि मोर्चा नै गठबन्धनमा बदलिएको बताउँदै नेता बास्कोटाले पार्टी भित्रको आन्तरिक लोकतन्त्रका लागि महाधिवेशन उत्तम अभ्यासस्थल रहेको बताउनु भएको थियो । महाधिवेशनले पार्टीको लोकतन्त्र र स्थिरतालाई जोगाउने बास्कोटाको भनाई थियो ।

अहिले विवादका कारण राजनीतिक तरङ पैदा भएपनि वीपी कोइरालाको नेतृत्वपछि नेपालले पहिलो पटक सुविधाजनक बहुमतको सरकार ताजा जनादेशमार्फत पाएकोले जनमतको सम्मान सबैले गर्नुपर्नेमा बास्कोटाको सुझाव थियाो । संसारको विरलै घटनामध्ये इतिहासमा आमनिर्वाचनमार्फत कम्यूनिष्ट पार्टीको सरकार गठनका लागि जनमत प्राप्त भएको विषय बिर्सन नहुने हो ।
‘यो महत्वपूर्ण उपलब्धीको रक्षा अब हुन्छ ? भनेर सोचिएको होला, तर हामीले राजनीतिक स्थिरताको माग गरेका छौं, त्यसले देशको समग्र प्रणालीलाई बलियो बनाउनु पर्नेछ । उहाँले छ महिनामा सरकार परिवर्तन हुने नजिरले नेपालको आर्थिक, प्रशासनिक, वैदेशिक र सामाजिक अवस्थालाई कमजोर बनाएको बताउँदै त्यसैका लागि स्थायी सरकारको मुद्दालाई जनताले अनुमोदन गरेको धारणा राख्नुभयो ।

संविधान जारी हुँदाताका नेपाली काँगेससहितका दलहरुलाई धेरै दवाव आईरहेको बेला केपी ओलीको जोडबलमा देशमा समाजवाद उन्मुख संविधान जारी भएको नेता बास्कोटाको दावी थियो । सार्वभौम र स्वतन्त्र विदेश नीति सञ्चालनमा नेतृत्व सफल भएको संकेत गर्दै नेता बास्कोटाले उग्र जातिवाद, पृथकतावाद, क्षेत्रीयतावाद र राष्ट्रिय आत्मासमर्पणवाद हावी भएको देशलाई स्वतन्त्र र सार्वभौम राष्ट्रको रुपमा स्थापित गर्न ओली नेतृृत्व सफल देखिएको जिकीर गर्नुभयो ।

उहाँले अहिले नेपालको भू–भाग फिर्ता ल्याउने गरि सरकारले नक्सा जारी गरेपछि केहि समस्या देखिएपनि त्यसलाई वार्ताबाटै समाधान गरिने बताउनुभयो । नक्सा जारी भएपछि केहि प्रश्न उठाइएको बताउँदै बास्कोटाले प्रश्न उठेपछि विकल्पको रुपमा संवादको थालनी गरिने बताउनुभयो ।
अर्को एक प्रसङ्गमा नेता बास्कोटाले नेपालमा विभिन्न प्रवृत्तिहरु देखा पर्ने गरेपनि इतिहासको गलत नजिर वा पुनरावृत्ति नहुने विश्वास व्यक्त गर्नुभयो । उहाँले संविधान जारी हुँदाताकाको स्थिति पनि कष्टपूर्ण रहेको बताउँदै राजा फर्कन सक्ने वा विप्लवको हिंसात्मक आन्दोलनले उग्ररुप लिन नसक्ने बताउनु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्