भारतसँगको नाका खुलाउन दबाब दिँदै हस्ताक्षर सङ्कलन

<span class='c1'>भारतसँगको नाका खुलाउन दबाब</span> <span class='c2'>दिँदै हस्ताक्षर सङ्कलन</span>

पूर्वी नाका खुलाउन दबाब दिँदै काँकडभिट्टामा आज एक हजार बढीले हस्ताक्षर सङ्कलन गरेका छन् । होटल व्यवसायी सङ्घ मेचीनगर र ट्राभल सङ्घ झापाको अगुवाइमा बसपार्कमा गरिएको हस्ताक्षर सङ्कलन अभियानमा एक हजार बढीले हस्ताक्षर गरेका हुन् ।

सङ्घीय सांसद राम कार्कीमार्फत सरकारलाई सो हस्ताक्षर पठाइने तयारी रहेको होटल व्यवसायी सङ्घका अध्यक्ष राम तामाङले बताउनुभयो । नाका बन्द हुँदा सीमा क्षेत्रका व्यवसाय धरासायी बनेको भन्दै एक महिना अघिदेखि काँकडभिट्टाका व्यवसायी, सङ्घसंस्था र स्थानीयवासीले विरोध प्रदर्शन गर्दै आएका छन् । देशकै मुख्य नाकाका रुपमा रहेको पूर्वी नाका कोभिड–१९ का कारण १० महिनादेखि बन्द छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्