भूकम्पले भत्केको गुम्बाको शिलान्यास

<span class='c1'>भूकम्पले भत्केको</span> <span class='c2'>गुम्बाको शिलान्यास</span>

मकवानपुरको हेटौँडामा रु एक करोडको लागतमा निर्माण हुन लागेको गुम्बाको आज एक समारोहबीच हेटौँडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले शिलान्यास गर्नुभएको छ । हेटौँडा उपमहानगरपालिका–१६ मा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको रु एक करोडको सहयोगमा उक्त गुम्बा निर्माण शुरु भएको बताइएको छ ।

उर्गेन छिरिङ नामक गुम्बा निर्माणमा थप सहयोगको आवश्यक्ता रहेको प्रमुख महतले भन्नुभयो । भूकम्पका कारण भत्किएको लामो समयसम्म गुम्बा बजेट अभाव कारण निर्माण हुन सकेको थिएन । पुनर्निर्माण प्राधिकरणले पनि रकम उपलब्ध गराउन ढिलाइ गरेकाले निर्माणमा समस्या भएको उहाको भनाइ थियो ।

यसैबीच हेटौँडाको हुप्राचौरमा नमूना पक्की सडक निर्माण गर्न शुरु गरिएको छ । हुप्राचौरबाट भैरव रोड जोड्ने नमूना सडकको प्रमुख महतले शिलान्यास गर्नुभयो । हेटाँैडा उपमहानगरपालिकाको रु ८८ लाखको लागतमा निर्माण गरिने सडकलाई शहरको नमूना सडकको रूपमा विकास गरिने उहाँले बताउनुभयो ।
उक्त सडकसँगै पेटीमा गमलासहित फूल रोपिने र अन्य सडकलाई पनि यस्तै बनाउने महतको भनाइ थियो । हेटौँडाको विभिन्न १९ वडामा कच्ची एवं फुटेटुटेका सडकलाई सिमेन्टले ढलान एवं पिच गर्ने काम भइरहेको प्रमुख महतले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्