विराटनगरमा गतबर्ष भन्दा महंगो जाडोको कपडा

विराटनगरमा गतबर्ष भन्दा महंगो जाडोको कपडा

एन्जु शिवाकोटी
विराटनगर । मंसिरको अन्तिम साताबाट जाडो बढेसँगै न्यानो लुगाको माग बढेको छ । बढ्दो जाडोसँगै जाडोबाट बच्न न्यानो कपडा माग विराटनगरमा बढ्न थालेको हो ।

विराटनगरका कपडा पसलमा कपडा किन्न आउनेहरुको चाप दिनप्रतिदिन बढ्न थालेको व्यापारीहरु बताउँछन् । गतबर्षको तुलनामा यसबर्ष जाडोको लुगाको मूल्यमा बृद्धि भएको छ । न्यानो कपडाको माग गत बर्षको तुलनामा केहि कम भएको बताउछन् मेनरोड विराटनगरमा रहेको सगरमाथा फेन्सी पसलका निर्देशक केदार कटेल । उनले भने नाका बन्द छ भारतबाट आउने सामानहरु आउन पाएका छैनन्, त्यसका कारणले पनि गत बर्षको तुलनामा अलि महंगो भएको हो ।

कोरोना भाइरस महामारीले सबैको आर्थिक अवस्था खस्काएको बेलामा अर्को खुशीको कुरा भनेको स्थानीय गार्मेन्टका कपडाले बजार लिन थालेको छ । भारतबाट आयात कम भएसँगै स्थानीय गार्मेन्टले बजार पाएको हो ।
गत बर्षको तुलनामा यस बर्ष लुगाको माग बढी भएको बताउछन् विराटनगर १० मा रहेको प्रगति होजियारी गार्मेन्टका कर्मचारी लोकबहादुर राई । उनले भन,े ‘जाडो सुरु भएसंगै कपडाको माग पनि बढेको छ । त्यसैले अहिले गार्मेन्टमा जाडोका व्ल्याङकेट सुरुवाल, सुइटर, टाउजर, हाइनेक लगायतका कपडाहरु बनाउन भ्याइनभ्याइ छ ।’

२५ जना कामदार रहेको उक्त गार्मेटबाट गत बर्षको तुलनामा यो बर्ष राम्रो माग हुन सक्ने बताउछन् गार्मेन्टका सञ्चालक राजेस मण्डल । उनले भने, ‘हालको अवस्थामा मानिसहरु सस्तो, न्यानो र राम्रो लुगाको बढी माग गरिरहेका छन् । जसको आपुर्ती लोकल गार्मेन्टहरुले सजिलै उपलब्ध गराउन सक्छन् ।’

जाडोको लुगा किन्न आएकी विराटनगर ८ की रमा पराजुलीले कपडा महंगो भएको गुनासो गरिन् । उनले भनिन्,‘ हालको अवस्था यस्तो छ, महंगो भो पनि कसरी भन्ने र सामान बाहिरबाट आयन हुदैन् ।’ ‘आवश्यकता परेपछि महंगो भन्न सकिदो रहेनछ ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्