बास्केटबल खेलाडी गुरुङको शल्याक्रिया सहयोगार्थ मैत्रीपूर्ण खेल हुने

बास्केटबल खेलाडी गुरुङको शल्याक्रिया सहयोगार्थ मैत्रीपूर्ण खेल हुने

सुनसरी । एक महिना अगाडी अभ्यासका क्रममा चोटग्रस्त बनेका इटहरी–१९ सैनिक चोकका २८ वर्षीय प्रदिप गुरुङको उपचारका लागि खर्च अभाव भएको छ । बास्केटबल खेलाडी गुरुङ एक महिना अगाडी प्रशिक्षणका क्रममा घाइते भएपछि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गराईरहनु भएको छ ।

खेलाडी गुरुङको मेजर सर्जरी गरेर लिगामेन्ट प्रत्यारोपण गर्नुपर्ने भएकोले उपचारर्थ रकम आवश्यक परेको हो । गुरुङको उपचारका लागि लागि कम्तीमा अढाई लाख खर्च लाग्ने अस्पतालले जनाएको छ । गुरुङको दाहिने घुँडाको एन्टिरियर क्रुसिएट लिगामेन्ट पुर्णरुपमा च्यातिएको छ भने मिडियल मिनिस्कस र लेटिरियल मिनिस्कसको भाग पनि केही च्यातिएको छ ।

न्यून आर्थिक आयआर्जन भएको परिवार सदस्य गुरुङको उपचारका लागि सहयोग जुटाउन अहिले खेल क्षेत्रका अगुवाहरु सक्रिय रहेका छन् । उपचारका लागि आवश्यक रकम जुटाउन धरान बास्केटवल संघको आयोजना र सुनसरी बास्केटवल संघको सहयोगमा धरानमा च्यारिटी मैत्रीपुर्ण बास्केटवल खेल समेत आयोजना गरिने भएको छ । यो खेल पुष ८ गते बिहान डिपोट माविको कोर्टमा हुनेछ । मैत्रीपुर्ण खेल धरान बास्केटवल र झापा बास्केटवल टिमबीच हुने प्रदेश १ का बास्केटवल प्रशिक्षक विकास चाम्लिङले जानकारी दिनुभयो । उहाँले गुरुङ राम्रो संभावना भएको खेलाडी भएपनि अप्रेशनपछि सामान्य अवस्थामा जस्तो नहुन सक्ने बताउनुभयो ।

खेलसम्बद्ध निकायहरुलाई खेलाडीहरुको स्वास्थ्यप्रति ध्यानाकर्षण गराउने उद्देश्यसहित मैत्रीपूर्ण प्रतियोगिताको आयोजना गर्न लागिएको बताइन्छ । बास्केटवल संघका केन्द्रीय उपाध्यक्ष एवं धरान बास्केटवल संघका अध्यक्ष सुरज लामा खेलाडी घाइते हुँदा राज्यको पनि दायित्व हुन्छ भन्ने सन्देश दिन आवश्यक रहेको बताउनुहुन्छ । स्थानीय र प्रदेश सरकारको मात्रै ध्यान पुगेपनि घाइते खेलाडीको उपचारमा समस्या नहुने उहाँले बताउनुभयो ।

घाइते खेलाडी गुरुङ ७ औं र ८ औं राष्ट्रिय खेलकुदमा प्रदेश १ च्याम्पियन हुँदै राष्ट्रिय खेलकुद प्रतियोगितामा पनि भाग लिईसक्नु भएका खेलाडी हुनुहुन्छ । अहिले पनि प्रदेश १ को बास्केटवल टिमका खेलाडी गुरुङले सुनसरी बास्केटवल संघले आयोजना गरेको ट्यालेण्ट हण्टबाट छात्रवृत्ति पाउनु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्