सभामुखद्वारा कम्बल वितरण

सभामुखद्वारा कम्बल वितरण

वाग्मती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले वाग्मती प्रदेशअन्तर्गत मकवानपुर जिल्लाको विकट कैलाश गाउँपालिकाका ४२५ घर परिवारलाई कम्बल वितरण गर्नुभएको छ । सामाजिक संस्था बाल विकास कार्यक्रम नेपालको आयोजना एवं केएफएचआइ नामक संस्थाको सहयोगमा बुधबार उहाँले कैलाश गाउँपालिका वडा नम्बर ३, ४, ९ र १० का ४२५ परिवारलाई कम्बल वितरण गर्नुभएको हो ।

वृद्धवृद्धा, असहाय र गरिबलाई चिसोबाट जोगाउन प्रतिपरिवार एउटाको दरले ४२५ परिवारलाई कम्बल वितरण गरिएको छ । त्यस अवसरमा सभामुख श्रेष्ठले नागरिकलाई चिसोबाट जोगाउने दायित्व सबैको भएको बताउनुभयो ।

चिसो मौसम शुरु भएको र उक्त क्षेत्रमा अत्यधिक चिसो हुने भएकाले संस्थाले आफ्नो कार्यक्षेत्रका नागरिकलाई चिसोबाट जोगाउने उद्देश्यका साथ कम्बल वितरण गरेको हो । आर्थिक अवस्था कमजोर भई न्यानो ओढ्ने, ओछ्याउने नभई समस्या उत्पन्न हुनसक्ने अवस्थालाई ध्यानमा राखेर कम्बल वितरण गरिएको बाल विकास कार्यक्रम नेपालका संयोजक रामलाल स्याङ्बोले बताउनुभयो । संस्थाले गाउँपालिकाको ३, ४, ९, १० वडालाई कार्यक्षेत्र बनाएर काम गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्