मुख्यमन्त्रीद्वारा विवाहपञ्चमीको शुभकामना

<span class='c1'>मुख्यमन्त्रीद्वारा विवाहपञ्चमीको</span> <span class='c2'>शुभकामना</span>

मुख्यमन्त्री लालबाबु राउतले विवाहपञ्चमी महोत्सवका अवसरमा सम्पूर्ण हिन्दू धर्मालम्बीप्रति शुभकामना व्यक्त गर्नुभएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को सचिवालयद्वारा आज जारी गरिएको सन्देशमा त्रेतायुगमा माता सीता र भगवान् रामको विवाह भएको संस्मरणमा प्रत्येक वर्ष मनाइने विवाह पञ्चमी महोत्सवका अवसरमा सम्पूर्ण हिन्दू धर्मालम्बी तथा महोत्सवमा सहभागी हुन जनकपुर पाल्नुभएका श्रद्धालु भक्तजनप्रति शुभकामना व्यक्त गरिएको उल्लेख छ ।

मुख्यमन्त्री राउतले कोरोना महामारीको जोखिम अझै कायम रहेकाले स्वास्थ्य सतर्कता अपनाई पर्व मनाउन आग्रहसमेत गर्नुभएको छ । रामजानकी विवाहपञ्चमी धार्मिक एवं सांस्कृतिक विधिपूर्वक शनिबार जनकपुरधाममा उल्लासमय वातावरणमा मनाइने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्