विराटनगरमा नौलो सेवा ‘इजि राइड’

विराटनगरमा नौलो सेवा ‘इजि राइड’

विराटनगर । विराटनगरमा पहिलो पटक इजि राइड कम्पनिले नौलो सेवा सुरु गरेको छ । विराटनगरका दुई युवा आरिफ अलि खान र महमद सेफली खानले मंसिरको दोस्रो सातादेखि इजि राइड सञ्चालनमा ल्याएको हुन् ।
ओबी मिडियासँग बोल्दै इजि राइडका सञ्चालक आरिफ अलि खानले भने,‘हामीहरुले विराटनगर तथा प्रदेश १ भरी ढुवानी सेवा दिन सुरु गरेका छौं । सेवामा मोटर साइकल, सिटी रिक्सा, एम्बुलेन्स तथा गाडी मार्पmत ढुवानी सेवा दिइन्छ । हाम्रो सेवा २४ घण्टा नै उपलब्ध छ ।’

यदि कतै घुम्न जान पर्यो आफूसँग साधन छैन कसरी जाने ? अफिसको फाइल घरमा छुट्यो लिन माहोल छैन कसरी जाने ? रातको समयमा कतै गाडी पाइएन सफारीहरु पनि छैन कसरी घर जाने ? तपाई कतै जाँदै हुनेहुन्छ साधन छैन कसरी जाने ? कुनै सामान एक ठाँउबाट अर्को ठाँउ लान प¥यो कसरी लाने ? मान्छे विरामी भयो अस्पताल लैजान प¥यो कसरी लैजाने ? यी सबै समस्याको समाधान खोज्न एउटै इजि राइडलाई मात्रै सोच्न सकिने गरि सुविधा उपलब्ध गराउने भएको हो ।

मानिस तथा कुनै सामान निश्चित समयमा पुग्न नसकेका कारण कुनै काम पनि अधुरो नरहेस भन्ने हेतुले इजि राइड सञ्चालनमा ल्याएको बताउछन् आरिफ अलि खान । उनी भन्छन्,‘सेवा प्रदान गर्ने हरेक कर्मचारीको सदस्यता पत्र बनाइने छ । यदी तपाईसँग कुनै प्रकारको साधन छ भने तपाइले पनि काम गर्न सक्नु हुनेछ । हप्ताको दुई चार दिन गरे पनि हुन्छ । अफिस जानका लागि पनि इजी राइडको सेवा लिन सकिने छ ।

हरेक व्यक्तिको दिनचर्या सहज बनाउनुको साथसाथै धेरैले रोजगारी समेत प्राप्त गर्न सक्ने इजि राइड विराटनगरको लागि नौलो र निकै उपयोगि बन्न सक्ने दावी उनीहरुको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्