व्यावसायिक घाँसखेतीबाट मनग्य आम्दानी

<span class='c1'>व्यावसायिक घाँसखेतीबाट</span> <span class='c2'>मनग्य आम्दानी</span>

सरुमारानी गाउँपालिका–२ ददेरीका ५३ वर्षीय धनबहादुर कुमालले एक दशकदेखि घाँसखेती गर्दै आउनुभएको छ । करिव १६ वर्ष नेपाल प्रहरीको सेवामा बिताउनुभएका उहाँ रोजगारीका लागि चार वर्ष मलेशिया समेत बस्नुभयो । विदेशमा दुःख गर्नुुको साटो आफ्नै ठाउँमा केही गर्ने सोचसहित घर फर्किएर उहाँले विसं २०६८ जेठमा आठ सय गाँजबाट घाँसखेती शुरुआत गर्नुभएको हो । उहाँ भन्नुहुन्छ“बाँझोबारीमा परम्परागत रुपमा अन्नबाली लगाउँदा परिवार पाल्न गाह्रो भएपछि घाँसखेतीमा लागेँ । ”

उहाँले विसं २०७१ मा हरियाली ताजा केरा तथा घाँस नर्सरी फार्म दर्ता गरी व्यावसायिक रुपमा घाँसखेती शुरु गर्नुभएको थियोे । “परम्परागत रुपमा खेती गर्दा ६ महिना पनि खान पुग्न छाडेपछि घाँसखेतीतर्फ आकर्षित भएँ” ,उहाँले भन्नुभयो,“अहिले घाँसखेतीबाट राम्रै आम्दानी लिएको छु । आफ्नै २० रोपनी क्षेत्रफल जग्गामा घाँस लगाएको छु । ”
फार्ममा १४ प्रजातिका पाँच हजार घाँसका गाँज हुर्किएका छन् । उहाँले तत्कालीन भेटनरी कार्यालयबाट निःशुल्क रुपमा घाँस लिई उत्पादन शुरु गर्नु भएको थियो । फार्ममा हाल डाले तर्फ शितलेस, इपिलिपी, बगानो, भटमासे, नेपियर, सिओ फोर, सियो थ्री, सुपर नेपियर, मलाटो, पाँच फलामलगायतका घाँस रहेका छन् ।

फार्ममा उत्पादन भएका घाँसका बिरुवा बेच्नका लागि समस्या नभएको किसान कुमालले जानकारी दिनुभयो । उहाँका अनुसार घाँस खरिद गर्नका लागि ग्राहक घरमै आउने गरेका छन् । उहाँले उत्पादन गरेका घाँसका बेर्ना जिल्लासँगै छिमेकी जिल्ला रोल्पा, दाङ, बाँके, सुर्खेतलगायतका क्षेत्रमा खपतहुँदै आएको छ ।
रु दुई लाख ५० हजार लगानी भएको घाँसखेतीबाट आम्दानी सोचेजस्तै भएको उहाँले जानकारी दिनुभयो । “विदेशमा भन्दा यहाँ खुशी छु ”, उहाँले भन्नुभयो,“अन्यखेतीको तुलनामा घाँस खेती गर्न सहज छ ।” घाँसखेतीलाई वर्षमा एक पटक मलजल गरे पुग्ने उहाँको भनाइ छ ।

घाँसखेतीबाट उहाँले अघिल्लो वर्ष रु चार लाख ५५ हजार र चालु वर्ष २०७७ को हालसम्म रु दुई लाख ८२ हजार आम्दानी लिनुभएको थियो । साविकको जिल्ला पशुसेवा कार्यालय प्यूठान र किसानका लागि उन्नत बीउबिजन कार्यक्रम (केयूबिके)मार्फत घाँसको बीउ उपलब्ध भएको बताइएको छ ।

यस्तै सिँचाइका लागि पशुसेवा केन्द्र दाङले घाँस सिँचाइका लागि २०७६ मा रु पाँच लाखको ट्याङ््की अनुदानमा समेत दिएको थियो । ट्याङ्की भएपछि सिँचाइका लागि थप सहज भएको समेत उहाँले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्