बिना बिलबिजक कारोबार गर्ने विराटनगरको गणनायक मार्केटिङलाई २० हजार जरिवाना

बिना बिलबिजक कारोबार गर्ने विराटनगरको गणनायक मार्केटिङलाई २० हजार जरिवाना

विराटनगर । बिना बिलबिजक कारोबार गर्ने मार्केटिङ गरि सामान बिक्री वितरण गर्ने विराटनगरको एक पसललाई २० हजार जरिवाना गरिएको छ । संयुक्त बजार अनुगमन समितिले सोमबार विराटनगरका तीन वटा पसल तथा फर्ममा अनुगमन गर्दा त्रुटी भेटिएको गणनायक मार्केटिङलाई जरिवाना गरेको हो ।

गणनायक मार्केटिङले बिलबिजक जारी नगरि लागत अनुमानित बिल मात्रै जारि गरेर सामान बिक्री गर्ने गरेको पाइएपछि २० हजार रुपैँया जरिवाना गरिएको थियो । वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण कार्यालय, खाद्य प्रविधि तथा गुणनियन्त्रण कार्यालय विराटनगर, जिल्ला प्रशासन कार्यालय मोरङको संयुक्त अनुगमन टोलिले त्रुटी फेला पारेको हो ।

कानुनको चोरी गरेर उपभोक्ता संरक्षण ऐन २०७५ दफा ३८ खण्ड (घ) बमोजिम कसुर गरेको अभियोगमा जरिवाना भराइएको वाणिज्य कार्यालय विराटनगरका प्रमुख सन्तोष पोखरेलले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्