डिपार्टमेन्टल स्टोर सञ्चालनमा

<span class='c1'>डिपार्टमेन्टल स्टोर</span> <span class='c2'>सञ्चालनमा</span>

वाग्मती प्रदेशको राजधानी हेटौँडमा करीब रु तीन करोडको लागतमा ‘गार्डेन मार्ट डिपार्टमेन्टल स्टोर’ सञ्चालनमा आएको छ । शिव शिखर बहुउद्देश्यीय सहकारी संस्था लि भक्तपुरले सो स्टोर सञ्चालनमा ल्याएको हो ।

स्टोरबाट घरायसी, खाद्यान्न, विद्युतीय सामग्री, कपडा, पेयपदार्थलगायत वस्तु बिक्री गरिने लिमिटेडका क्षेत्रीय प्रबन्धक युवराज थापाले जानकारी दिनुभयो ।
हेटौँडा उपमहानगरपालिका–४ पारिजातपथमा रहेको स्टोरको शुभारम्भका अवसरमा यही पुस महिनाभर हरेक सामानका खरीदमा तीन प्रतिशत छुट दिइएको जनाइएको छ । यस किसिमका स्टोर यसअघि डडेल्धुरा, चितवनका भरतपुर र टाँडी, सुर्खेत, कैलालीको अत्तरिया, बाग्लुङ र उदयपुरको गाईघाटमा सञ्चालनमा रहेको छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्