प्रधानमन्त्री राष्ट्रिय क्रिकेट छनौटमा मोरङको शानदार जीत, ५० ओभरमा ४२४ रन

प्रधानमन्त्री राष्ट्रिय क्रिकेट छनौटमा मोरङको शानदार जीत,  ५० ओभरमा ४२४ रन

विराटनगर । मोरङ्गले उदयपुर विरुद्ध ३६८ रनको जित हात पार्दै प्रधानमन्त्री राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी बनेको छ । उदयपुरलाई पराजित गर्दै मोरङ प्रादेशिक छनौटमा प्रथम भएको हो ।
मोरङ्गले पहिलो व्याटिङ्ग गर्दै ९ विकेटको क्षतिमा ४२४ रन बनाएको थियो । जवाफी ब्याटिङ गरेको उदयपुरले २२ ओभर खेल्दा नै १० विकेटको क्षति बेहोर्दै ५६ रनमा मात्रै सिमित भएको थियो ।


मोरङबाट पहिलो ब्याटिङ्ग गर्ने सुबनकर उराउले सर्वाधिक रन बनाएका थिए । उनले ८७ बलमा १२८ रनको योगदान दिएका हुन् । वलिङमा उदयपुरबाट दिपक जोशीले १० ओभरमा ६५ रन दिएर ४ विकेट लिएका थिए ।

मोरङका दिपक पासवानले ५३ बलमा ८६ रन र सिद्धान्त लोहनीले ५२ वलमा ६८ रन ल्याएका थिए । त्यसैगरी वलिङतर्फ दिपेश कंडेलले ८ ओभरमा २१ रन दिएर ६ विकेट लिए । मुकुन्द यादवले ४ ओभरमा ६ रन दिएर २ विकेट लिए भने सुबनकर उराउले ५ ओभरमा १३ रन दिएर २ विकेट लिएका थिए ।

उदयपुरका लागि वलिङ गर्दै विधान गोश्वले २, विकास चौधरीले १ विकेट लिए भने प्याटिङ्गतर्फ विपुल बस्नेतले ३३ रन, प्रकाश सुवेदीले १५ रन जोडेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्