रु ९०० ले घट्यो सुनको मूल्य

<span class='c1'>रु ९०० ले</span> <span class='c2'>घट्यो सुनको मूल्य</span>

स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य प्रतितोला रु ९०० ले ओरालो लागेको छ । छापावाला सुन मङ्गलबार प्रतितोला रु ९४ हजार ९०० मा कारोवार भएको थियो । प्रतितोला रु ९०० ले आज ओरालो लागी रु ९४ हजार कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यस्तै तेजाबी सुन मङ्गलबार प्रतितोला रु ९४ हजार ४०० मा कारोवार भएकामा आज भने प्रतितोला रु ९३ हजार ५०० मा कारोवार हुने गरी मूल्य तोकिएको छ । यसैगरी चाँदी प्रतितोला रु ५० ले घटेको छ । प्रतितोला रु एक हजार ३१५ मा मङ्गलबार कारोवार भएको चाँदी आज भने प्रतितोला रु एक हजार २६५ मा कारोवार भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्