नगर प्रहरीलाई आधारभूत तालीम दिन शुरु

<span class='c1'>नगर प्रहरीलाई आधारभूत तालीम</span> <span class='c2'> दिन शुरु</span>

दिपायल सिलगढी नगरपालिकाले हालै भर्ना गरेका नगर प्रहरीलाई आधारभूत तालीम दिन शुरु गरेको छ ।

नगर क्षेत्रभित्रको शान्तिसुरक्षा तथा बजारमा हुने गैरकानूनी कार्य रोक्नका लागि भर्ना गरिएका नगर प्रहरीका ६ जनालाई नेपाल प्रहरीको सहयोगमा विशेष आधारभूत तालीम सञ्चालन गरेको हो ।

नगरपालिकाले जिल्लामा पहिलो पटक नगर प्रहरी भर्ना छनोट गरी उक्त तालीम दिन शुरु गरेको हो । नगर प्रहरीमा भर्ना भएकालाई पेशागत, सैद्धान्तिक तथा व्यवहारिक तालीम दिन शुरु गरिएको दिपायल सिलगढी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत खेमराज गुरुङले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले पहिलो पटक नगर प्रहरी भर्ना गरेका छौँ, नेपाल प्रहरीको सहयोगमा उनीहरुलाई पेशागत, सैद्धान्तिक तथा व्यवहारिक तालीम दिदैछौँ ।”

नयाँ भर्ना भएका नगर प्रहरीले नगरक्षेत्रभित्र बिना दर्ता सञ्चालन भएका पसल, मदिरा नियन्त्रणलगायतका विषयमा केन्द्रित हुने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्