भेट्रान्स कप राष्ट्रिय फुटबल खेलको छैटौं संस्करण आगामी माघमा

<span class='c1'>भेट्रान्स कप राष्ट्रिय फुटबल खेलको</span> <span class='c2'>छैटौं संस्करण आगामी माघमा</span>

वाग्मती प्रदेशको राजधानी हेटौँडामा हरेक वर्ष आयोजना हुँदै आएको भेट्रान्स कप राष्ट्रिय फुटबल खेलको छैटौं संस्करण आगामी माघ ६ गतेदेखि हुने भएको छ । प्रतियोगिताबारे जानकारी दिन हेटौँडा भेट्रान्स क्लबद्वारा हेटौँडामा आयोजित पत्रकार सम्मेलनमा प्रतियोगितामा नेपालभरका कूल १६ वटा टोलीको सहभागिता रहने जानकारी दिइएको हो ।

प्रतियोगितामा हेटौँडासहित वीरगञ्ज, चितवन, पोखरा, काठमाडौँ, विराटनगर, कोल्बी, जितपुरलगायतका स्थानबाट सहभागिता हुनेछ । प्रतियोगितामा फुटबल क्षेत्रबाट राष्ट्रिय टोलीबाट खेलिसकेका पनि सहभागी हुने पत्रकार सम्मेलनमा क्लबका अध्यक्ष दीपक बज्राचार्यले जानकारी दिनुभयो

प्रतियोगिता हेटौँडा उपमहानगरपालिका–४ को लोकतान्त्रिक खेल मैदान हुप्राचौरमा सञ्चालन हुनेछ । प्रतियोगिताका प्रथम हुने समूहले रु एक लाख एक हजार १११, दोस्रोले रु ५१ हजार १११ र उत्कृष्ट खेलाडीले रु १० हजार पुरस्कार प्राप्त गर्ने छन् ।

यस्तै उत्कृष्ट मिडफिल्डर, फरवार्ड, डिफेन्डर, गोलकिपर र समूह कोचलाई समेत जनही पाँच हजार रुपैयाँका दरले पुरस्कार प्रदान गरिनेछ । पाँचौं संस्करणको उपाधि वगर भाई खेल भेट्रान पोखराले जितेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्