संसदीय दलका नेतामा अध्यक्ष दाहाल चयन

<span class='c1'>संसदीय दलका नेतामा अध्यक्ष</span> <span class='c2'>दाहाल  चयन</span>

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले संसदीय दलका नेतामा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई चयन गरेको छ । नयाँ बानेश्वरस्थित संसद् भवनमा आज बसेको सो पक्षका पूर्वसांसद् र सांसदको बैठकले केपी शर्मा ओलीलाई दलको नेताबाट हटाएर दाहाललाई चयन गरेको निवर्तमान सांसद देवप्रसाद गुरुङले जानकारी दिनुभयो ।

बैठकमा अर्का पार्टी अध्यक्ष माधवकुमार नेपालले मङ्गलबार बसेको केन्द्रीय कमिटीको बैठकले गरेको निर्णयका बारेमा पूर्वसांसद र सांसदलाई जानकारी गराउनुभएको थियो । केन्द्रीय कमिटीको मङ्गलबारको बैठकले ओलीलाई पार्टी अध्यक्षको जिम्मेवारीबाट मुक्त गरी नेता नेपाललाई सर्वसम्मतिले चयन गरेको थियो । बैठकमा राष्ट्रियसभा र विघटित प्रतिनिधिसभाका ११५ जना सदस्यको उपस्थिति रहेको गुरुङले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्