‘बी’ डिभिजन लिग फुटबल दुई महिनापछि

<span class='c1'>‘बी’ डिभिजन लिग</span> <span class='c2'>फुटबल दुई महिनापछि</span>

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले कोरोना भाइरसको महामारीका कारण रोकिएको शहीद स्मारक ‘बी’ डिभिजन लिग दुई महिनापछि पुनःसञ्चालन गर्ने भएको छ । एन्फाले ‘बी’ डिभिजन लिग आगामी फागुन ११ गतेदेखि सञ्चालन गर्ने निर्णय गरेको हो । नौ महिनाअघि बीचमै रोकिएको लिगलाई एन्फाको लिग कमिटीले पुनःसञ्चालन गर्ने निर्णय गरेको एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले जानकारी दिनुभयो । “कोरोनाको असर केही कम भएकाले क्लबसितको छलफलपछि लिग पुनःसञ्चालन गर्ने निर्णय गरेका हौँ”, उहाँले भन्नुभयो । लिग सञ्चालनका क्रममा स्वास्थ्य मापदण्डको पालना गरिने शेर्पाले उल्लेख गर्नुभयो ।

एन्फा महासचिव इन्द्रमान तुलाधरले ‘बी’ डिभिजनमा रहेका क्लबलाई प्रतिक्लब रु दुई लाखका दरले सहयोग उपलब्ध गराइने जानकारी दिनुभयो । लिगअघि सबै खेलाडीको कोरोना परीक्षण गरिनेछ । कोरोनाका कारण ‘बी’ डिभिजन लिग गत वर्ष चैत ५ गते स्थगन गरिएको थियो । आजको छलफलमा एन्फा उपाध्यक्ष उपेन्द्रमान सिंह, कोषाध्यक्ष रवीन्द्र जोशी, लिग कमिटीका संयोजक विज्ञानराज शर्मा, लिग निर्देशक सञ्जीव मिश्रलगायत सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्