कमल थापाको दाबी: अब राप्रपाको एजेण्डा र मार्गचित्रले मात्र मुलुक बच्न सक्छ

<span class='c1'>कमल थापाको दाबी: अब राप्रपाको एजेण्डा</span> <span class='c2'>र मार्गचित्रले मात्र मुलुक बच्न सक्छ</span>

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आन्दोलन वा चुनावबाट पार्टीको कार्यसूची स्थापित गर्नमा केन्द्रित हुन कार्यकर्तालाई आग्रह गर्नुभएको छ । आन्दोलन तयारी बैठकलाई आज यहाँ सम्बोधन गर्दै थापाले राप्रपाको मार्गचित्रबाट मात्र मुकुकको सङ्कटमोचन हुनसक्ने जिकिर गर्नुभयो ।

नेता थापाले सबै राष्ट्रवादी शक्ति एकजुट भएर राप्रपाको नेतृत्व र झण्डामा गोलबन्द भई अघि बढ्न आग्रह गर्नुभयो । राप्रपा अध्यक्ष पशुपति शम्शेर जबराले कांग्रेस कम्युनिष्टले मुलुक सञ्चालन गर्न नसक्ने भन्दै अब राप्रपा अघि सर्नुपर्ने बेला भएको तथा राजसंस्था र हिन्दूराष्ट्रलाई पुनःस्थापना गर्नको निमित्त सबै तह र तप्कामा सक्रियताको आवश्यकता भएको बताउनुभयो । अर्का अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले मुलुकलाई असफलताको बाटोमा लान नदिन राप्रपा बलियो हुनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा राप्रपा नेता बुद्धिमान तामाङले यही पुस १७ गते काठमाडौँमा हुने प्रदर्शनको खाका प्रस्तुत गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्