एसईई सर्वोत्कृष्ट विद्यार्थीलाई विराटनगरको एभरेष्टले दियो ल्याप्टप पुरस्कार

एसईई सर्वोत्कृष्ट विद्यार्थीलाई विराटनगरको एभरेष्टले दियो ल्याप्टप पुरस्कार

विराटनगर । एभरेष्ट माध्यमिक विद्यालय बिराटनगरले आफ्नो विद्यालयबाट २०७६ सालको एसईई परीक्षामा सर्वोकृष्ट नतिजा ल्याउन सफलभई सोहि विद्यालयको कक्षा ११ मा अध्ययनरत छात्रलाई विद्यालयले एक कार्यक्रम आयोजना गरि सम्मान गरेको छ । एसईई मा ४ जी पी.ए. अंकभार ल्याएर उत्तिर्ण भएका विद्यार्थीलाई विद्यालयले सम्मान तथा पुरस्कृत गरेको हो ।

बिराटनगर–४ का आशिष कर्णलाई डेल को आई.थ्री. ल्याप्टप पुरस्कारको रुपमा एभरेष्टले प्रदान गरेको थियो । विद्यालयका प्राचार्यले उक्त पुरस्कार आशिष कर्ण  र बुबा अनुजलाल कर्णलाई हस्तान्तरण गर्नु भएको हो । कक्षा १२ सम्मको शिक्षामा प्रदेश १ मा सर्वोकृष्ट एभरेष्टले आफ्ना शैक्षिक गतिविधिलाई यस कोरोनाको महामारीको समयमा पति प्रभावकारी रुपमा सञ्चालन गर्दै आएको छ । अनलाईन कक्षामा एभरेष्टले आफ्ना विद्यार्थीलाई सहभागी गराउँदै अध्ययनअध्यापनलाई निरन्तरता दिन सफल भएको थियो ।

गत पुष २ गतेदेखि सावधानी सहित प्रभावकारी भौतिक रुपमै विद्यार्थीलाई उपस्थिति गराएर कक्षा सञ्चालन गर्दै आएको छ प्राचार्य टीकाराम पुरीले बताउननुभयो । एभरेष्टमा अन्तराष्ट्रियस्तरको भौतिक र शैक्षिक वातावरण रहेको पुरस्कृत विद्यार्थीका अभिभावक अनुजलाल कर्णले बताउनुभयो । उहाँले आफ्ना छोरालाई एभरेष्टमा भर्र्ना गरेसँगै अनुशासन, व्यक्तित्व विकास र अध्ययनमा अब्बल हुन सफल भएको बताउनु भएको थियो ।

माध्यमिक शिक्षासँगै एभरेष्टले त्रिभुवन विश्वविद्यालय अन्तर्गतको बीबीएस शैक्षिक कार्यक्रम समेत यसवर्षदेखि अध्यापन गराउने भएको छ । प्राचार्य पुरीका अनुसार विद्यार्थीलाई अध्ययनको वातावरण विद्यालयमा तयार गर्दै उच्च शिक्षाका कक्षाहरु सञ्चालन गर्ने भावी लक्ष्य राखिएको बताउनुभयो । आगामी वर्षदेखि कक्षा ११ मा सर्वोकृष्ट नतिजा ल्याउने १ जनालाई एकलाख नगद पुरस्कार प्रदान गर्ने घोषणा समेत गरिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्