विराटनगरमा पूर्वकै ठूलो पार्टी प्यालेस, ५० करोड लगानी

विराटनगरमा पूर्वकै ठूलो पार्टी प्यालेस, ५० करोड लगानी

विराटनगर । विराटनगरमा ५० करोडको लगानीमा पूर्वकै ठूलो पार्टी प्यालेस निमार्ण हुने भएको छ । निर्माया कार्य भइरहेको विराटनगर १० स्थित जहदा मार्गमा भगवान राठिकोे पुर्खेउली जमिनमा ‘सिटी गाडेन एण्ड पार्टी प्यालेस’ खुल्ने भएको हो ।

१ विघा ८ कठ्ठा क्षेत्रफल भएको राठीको उक्त जमिनमा बैशाख देखि सञ्चालनमा आउने गरी पार्टी प्यालेस निमार्ण कार्य भएरहेको पार्टी प्यालेसका ठेकेदार सुनिल मण्डलले बताए । उनले भने,‘निमार्ण कार्य अन्तिम चरणमा पुगेको छ । यहाँ एक पार्टी प्यालेस मात्र नभई रेष्टुरेन तथा गाडेन समेत बन्दै छ ।’

 

पार्टी प्यालेस सञ्चालनले विवाह, बर्तबन्ध,समारोह बाहेक पनि मासिनहरुलाई अन्य सुविधा प्रधान गर्ने राठीले बताउनु भयो । उहाँले भन्नुभयो,‘यहाँ मानीसहरु बास बस्न सक्ने पनि व्यवस्था हुने छ । पारिवारीक वातावरणमा खाजा खानाको पनि व्यवस्ता हुनेछ । त्यसका साथै यहाँ मनोरञ्जनका घुम्न आउन पनि सकिने छ ।’

पार्टी प्यालेसमा २ वटा विवाह मण्डप हुने छन् त्यसका साथै २ वटा ठूला हल हुने छन् । एउटा हलमा १ हजार र अर्कोमा ७ सय मानिस अटाउने छन् । पार्टी प्यालेस भित्र राधाकृष्णको सुन्दर मन्दिर हुने छ । त्यसैगरी २ वटा रेस्टुरेन्ट हुनेछन् भनी बास बस्नको लागि ४३ कोठा हुने छन् ।
पारिवारिक वातावरण भएको उक्त पार्टी प्यालेसमा ३ वटा स्विमिङ पुल रहने छन् जसमा एउटा छुटै स्विमिङ पुल हुने छ । त्यसका साथै बालबालिकाहरुलाई मनोरञ्जन गराउनको लागि पिङ, चिप्लेटी सहित ट्राई ट्रेन पनि खेल्नको लागि राखिने छ ।

त्यसका अतिरिक्त पार्टी प्यालेसलाई सुन्दरता प्रदान गर्नको लागि भवनको भित्तामा चित्र कुदिने छ भने विभिन्न ठाउँमा मूर्ति राखिएको हुने छ । सुन्दर फूलबारी, फाउन्टेन तथा आकर्षक विभिन्न रंगका बिजुली बत्तीले पार्टी प्यालेस अझ सुन्दर देखिने छ । पाटी प्यालेसलाई अझ व्यवस्थित बनाउनको लागि १ सय ५० सवारी साधन अटाउन सक्ने पार्किङ एरिया बन्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्