विराटनगरमा काग्रेसको विरोध प्रर्दशन ( फोटो फिचर)

विराटनगरमा काग्रेसको विरोध प्रर्दशन ( फोटो फिचर)

प्रतिनिधिसभा विघटनको विरोधमा नेपाली कांग्रेसले सोमबार मुलुकभर जस्तै विराटनगरमा पनि विरोध प्रदर्शन गरेको छ ।
संसद विघटनको विरोधमा एक सय ६५ वटा निर्वाचन क्षेत्रमा प्रदर्शन गरिएको कांग्रेसले जनाएको छ । संसद विघटन भएपछि कांग्रेसले विरोध गर्दै आइरहेको छ ।
प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले संसद विघटन गरेपछि कांग्रेस आन्दोलनमा छ । आन्दोलनकै चरणमा नेपाली कांग्रेस क्षेत्र नं. ६ ले विराटनगरमा विशाल विरोध प्रर्दशन गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीद्धारा विघटित प्रतिनिधि सभा पुर्नस्थापनाको माग गर्दै कांग्रेसले विराटनगरको शहिद मैदान आगाडी भेला भई ¥याली निकालेको थियो ।
गाँउ गाँउबाट सहभागी भएका महिला तथा वृद्धवृदा सहित बालबालिकाको समेत विरोध प्रर्दशनमा सहभागी थिए । सरकारको कडा रुपमा विरोध गर्दै कार्यक्रममा गाँउगाँउबाट हजारौं कार्यकर्ता तथा आम सर्वसाधारणको सहभागिता रहेको छ । विरोध सभामा नेपाली काग्रेसका जिल्ला स्तरीय नेतादेखी केन्द्रिय नेता गणहरुले बर्तमान सरकारको कडा विरोध गरेका थिए । विरोध सभामा नेपाली काग्रेसका केन्द्रिय सदस्य शेखर कोईराला , डिला संग्रौला, नेपाली काग्रेसका सचेतक केदार कार्की, रमेश जङ्ग रायमाझी, काग्रेस मोरङ जिल्ला सचिव नागेश काईराला लगायतले संसद विघटन गर्ने प्रधानमन्त्री ओलीको प्रस्ताव र त्यसलाई स्वीकृत गर्ने राष्ट्रपतिको असंवैधानिक निर्णय गलत रहेको भन्दै पुच्याउन माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्