विराटनगर–१४ जतुवाबाट २ लाख बढीको अवैध सामान बरामद

विराटनगर–१४ जतुवाबाट २ लाख बढीको अवैध सामान बरामद

विराटनगर । विराटनगर महानगरपालिका–१४ स्थित जतुवा नजिक भारतको जोगबनीबाट भन्सार छलेर ल्याउँदै गरेको सामान जिल्ला प्रहरी कार्र्यालय मोरङकोे टोलिले बरामद गरेको छ । प्रहरीले बोरा र हाते झोलामा प्याक गरेर ल्याएको २ लाख ३८ हजार ७९० बराबरको सामान प्रहरीले बरामद गरेको हो ।

प्रहरीले मोवायलका ईलेक्ट्रोनिक पार्टपूर्जा, लत्ताकपडा र खाद्यन्न सामाग्री बरामद गरि मूल भन्सार रानीमा बुझाएको प्रवक्ता लोकदर्शन थापाले जानकारी दिनुभयो । सामान बरामद गरेपनि प्रहरीले सामान ल्याउने व्यक्तिलाई पक्राउ गरेको नगरेको जानकारी गराएको छैन । ठूलो परिमाणमा सामान लोड गरेको सवारीको विषयमा समेत प्रहरीले आफ्नो सूचनामा खुलाएको छैन ।

प्रहरीले मोवायलमा लाग्ने टेम्पर ग्लास १०३ बण्डल, बोट ब्लुटुथ ८ पीस सोनी कम्पनीको ईयर फोन चार थान, आईफोनको डाटा २५० थान, वायरलेस ब्लुटुथ ४० थान, चार्जर ३० थान, कोट र पेन्टको कपडा तीन बण्डल, लेडिज साडी ६ थान, स्वेटर चार थान, कुर्ता ६ थान, कुर्ता–सुरुवाल २२ थान, लेङ्गा पाँचथान, रेडबुल २ बण्डल, रसगुल्ला ११ बट्टा, पापड १४ प्याकेट, कासमिरी मिर्ची पाँच बण्डल, मिट मसलाा पाँच बण्डल, चिकेट मसला ३ बण्डल, अमोल घ्यू ३० प्याकेट, विस्कुट चार कार्टुन, चिनी १० बोरा, सुकेको खुर्सानी एक बोरा, सुर्ती ४ केजी, रजनीगन्धा र बम्बई गर्खा ५ केजीसहित बरामद गरेको प्रवक्ता थापाले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्