पहेंलो धातुको मूल्य रु ८०० ले ओरालो लाग्यो

<span class='c1'>पहेंलो धातुको मूल्य रु</span> <span class='c2'>८०० ले ओरालो लाग्यो</span>

स्थानीय बजारमा आज पहेंलो धातुको मूल्य प्रतितोला रु ८०० ले ओरालो लागेको छ । प्रतितोला रु ७०० ले सोमबार उकालो लागेको सुनको मूल्य आज पुनः ओरालो लागेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुन प्रतितोला रु ९४ हजार १०० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । छापावाला सुन प्रतितोला रु ९४ हजार ९०० मा सोमबार कारोवार भएको थियो । यस्तै तेजाबी सुन सोमबार प्रतितोला रु ९४ हजार ४०० मा कारोवार भएकामा आज प्रतितोला रु ९३ हजार ६०० मूल्य निर्धारण भएको छ । तेजाबी सुन पनि प्रतितोला रु ८०० ले घटेको छ ।
त्यस्तै चाँदीको मूल्य पनि प्रतितोला रु १५ ले घटेको छ । प्रतितोला रु एक हजार ३१५ मा सोमबार कारोवार भएको चाँदी आज भने एक हजार ३०० मूल्य निर्धारण भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्