यसवर्षको एसईई जेठ महिनामा हुने, विधि बारे पछि निर्णय गरिने

<span class='c1'>यसवर्षको एसईई जेठ महिनामा हुने,</span> <span class='c2'>विधि बारे पछि निर्णय गरिने</span>

काठमाडौँ । यस वर्षको एसईई आगामी जेठमा हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले जेठ महिनामा एसईई सञ्चालन गर्न सक्ने गरी त्यसको तयारी सुुरु गरेको हो । बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले जेठसम्ममा परीक्षा गर्न सकिने सम्भावना देखिएकाले त्यहि अनुसारको तयारी थालिएको बताउनुभयो । चैत÷वैशाखसम्म विद्यार्थीले पठनपाठनमा समय दिनुपर्ने अवस्था रहेको र असार÷साउनमा वर्षा हुने भएकाले जेठ महिना परीक्षा गर्ने तयारी थालिएको हो ।

सरकारले यस पटक शैक्षिक सत्र कहिले सुुरु हुने र कहिले सकिने भन्ने स्पष्ट नीतिगत निर्णय गरेको छैन । विगतमा वैशाखमा शैक्षिक सत्र सुुरु भएर चैतमा सकिने भए पनि यस वर्ष कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणका कारण विद्यायय खुल्न नसक्दा शैक्षिक सत्रसमेत यकिन हुन सकेको छैन । वैकल्पिक विधिबाट विद्यालय तहको पठनपाठन सञ्चालनमा ल्याइएको छ । हाल कतिपय विद्यालयमा भौतिक रूपमा समेत कक्षा सञ्चालनमा ल्याइएको छ तर शैक्षिक सत्रको यकिन भने गरिएको छैन । शैक्षिक सत्रको निर्णय गरिदिन आफूहरूले सरकारलाई अनुरोध गरेको जानकारी दिँदै बोर्डका अध्यक्ष पौडेलले त्यसपछि सबै निर्णय गरिने बताउनुुभयो । त्यसअघि परीक्षाको तयारीका लागि रजिस्ट्रेसन फाराम भर्नेलगायतका कार्य सुरु गरिएको छ । माघ तेस्रो सातासम्म फाराम भर्न समय दिइएको छ । यसबाट एसईई दिनेको वास्तविक तथ्याङ्क यकिन भई परीक्षाका बारेमा थप निर्णय गर्न सहज हुने जनाइएको छ । एसईईको उत्तरपुस्तिका प्रदेश सरकारले छाप्ने भएकाले पनि त्यसका लागि समेत बोर्डले वास्तविक विद्यार्थीको तथ्याङ्क उपलब्ध गराउनुपर्ने अवस्था रहेको जनाइएको छ ।

बोर्डले यस पटकको परीक्षा कुन विधिबाट सञ्चालन गर्ने भन्ने कुराको स्पष्ट निर्णय गर्न सकेको छैन । विद्यार्थीको अन्तिम विवरण आएपछि सरकारले यस विषयमा निर्णय गर्ने जनाइएको छ । विद्यार्थीको परीक्षा भौतिक उपस्थिति, अनलाइन या कुन माध्यमबाट सञ्चालन गर्ने भन्ने कुराको नीतिगत निर्णय र आवश्यक तयारीसमेत गर्न आवश्यक समय रहेको उहाँको भनाइ छ । कोरोना भाइरसको सङ्क्रमणका कारण २०७६ सालको एसईई भने विद्यालयको आन्तरिक मूल्याङ्नका आधारमा बोर्डले नतिजा सार्वजनिक गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्