लामो समय घाटा व्यहोरेको आयल निगम, विगत पाँच वर्षदेखि नाफामा

लामो समय घाटा व्यहोरेको आयल निगम, विगत पाँच वर्षदेखि नाफामा

लामो समयदेखि घाटामा रहेको नेपाल आयल निगम विगत पाँच वर्ष यता नाफामा छ । निगम आर्थिक वर्ष २०७२-०७३ देखि (पाँच वर्ष यता) नाफामा सञ्चालन भइरहेको छ । निगमले आव २०७२-०७३ मा रु १९ अर्ब ३६ करोड, आव २०७३-०७४ मा रु नौ अर्ब ४५ करोड, २०७४-०७५ मा रु तीन अर्ब ५८ करोड, २०७५-०७६ मा आठ अर्ब ७५ करोड र गत आव २०७६-०७७ मा रु १२ अर्ब ८७ करोड नाफा कमाएको छ ।

निगमले आर्थिक वर्ष २०७५-७६ मा रु २९ करोड रहेको चुक्ता पूँजीलाई रु दश अर्ब पूँजी वृद्धि गरेर रु एघार अर्ब पुर्याएको थियो । आर्थिक वर्ष २०७५-७६ मा निगमले नाफा रकमबाट २० प्रतिशत लाभांश वितरण गरेको थियो । आर्थिक वर्ष २०७६-७७ मा नाफा रकमबाट शेयर होल्डरलाई २० प्रतिशत लाभांश वितरण गर्ने तयारी गरेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्