सरकारी गाडीमा अज्ञात समूहद्वारा पेट्रोल छर्कि आगजनी

सरकारी गाडीमा अज्ञात समूहद्वारा पेट्रोल छर्कि आगजनी

कर्णाली प्रदेश अर्थ तथा प्राकृतिक स्रोत समितिका सभापति चढ्ने गाडी गए राति अज्ञात समूहले आगजनी गरेको छ ।
जाजरकोट (क) निर्वाचित प्रदेशसभा सदस्य एवं सभापति गणेशप्रसाद सिंह चढ्दै आएको कर्णाली प्रदेश ०२००१झ००४० नंको उक्त गाडी भेरी नगरपालिका–७ पुन्मा गए राति अन्दाजी १० बजेको समयमा अज्ञात समूहले पेट्रोल छर्केर पूर्णरूपमा क्षति बनाएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । प्रदेशका योजना अनुगमन गर्न गएका सिंहको गाडी अज्ञात समूहले जलाएको हो ।
केहि समय अघि सोहि गाडीले वीरेन्द्रनगर नगरपालिका–११ भेरीबाट घाँस लिएर आउँदै गर्दा सुब्बाकुनास्थित ट्राफिक प्रहरीले नियन्त्रणमा लिएर चर्चित भएको थियो । शनिबारका दिन सरकारी गाडी घाँस बोकेर चलाएको देखेपछि ट्राफिक प्रहरीले नियन्त्रणमा लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्