छोटो समयमै वीरगञ्जको उपलब्धि

छोटो समयमै वीरगञ्जको उपलब्धि

तीन वर्षको छोटो समयमै वीरगञ्ज महानगरपालिका सहयोगापेक्षी सडकमानव रहित घोषणा गरिएको छ । राष्ट्रिय उद्धार अभियान अन्तरगत मेची महाकाली सडक यात्रामा निस्किएका मानवसेवा आश्रको टोली वीरगञ्ज आइपुगेका बेला विहीबार महानगरपालिकाले यसरी घोषणा गरेको हो ।

घोषणासभामा महानगरपालिकाका प्रमुख विजयकुमार सरावगी र उपप्रमुख शान्ति कार्कीले युवाको समर्पण भावले प्रभावित भएको बताउनुभयो । प्रमुख सरावगीले थप्नुभयो, “अब कोही पनि बेसहारा बनेर सडकमा अलपत्र बस्नुपर्ने अबस्थाको अन्त्य भएको छ, सडकमा कोही आइहाले पनि त्यसरी कष्ट सहेर बसिरहनु पर्ने छैन ।”

वीरगञ्जमा २०७४ जेठबाट यहाँ आश्रम स्थापना भएको हो । हाल यहाँ ५५ जना बेसहारा आश्रित छन् । केहीलाई उद्धारपछि परिवारमा मिलान समेत गराइसकिएको शाखा प्रमुख देवेश गुप्ताले बताउनुभयो ।

उहाँले स्थानीय र सरकारी निकायको सहयोग तथा समन्वयले सडक मानवरहित बनाउन सम्भव भएको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्