साप्ताहिक हाट बजार लगाउन दिनुपर्ने माग राख्दै विराटनगर महानगरपालिका घेराउ

साप्ताहिक हाट बजार लगाउन दिनुपर्ने माग राख्दै विराटनगर महानगरपालिका घेराउ

विराटनगर । साप्ताहिक रुपमा महानगरभित्र लाग्दै आएको हाटबजार लगाउन पाउनु पर्ने माग राख्दै साना व्यापारीहरुले विराटनगर महानगरपालिका अगाडी बसेर धर्ना दिएका छन् । महानगरभित्रको ३ वटा मुख्य स्थानमा लाग्दै आएको साप्ताहिक हाट महानगरपालिकाले बन्द गरेपछि व्यापारीहरु आन्दोलित बनेका हुन् ।

विराटनगर महानगरपालिका शनिहाटस्थित भेलाका तरकारी व्यापारीहरुले लामो समयदेखी गरी खादै आएको पेसालाई महानगरले रोक्न नहुने र आफुहरुलाई व्यवस्थित गरिदिनुपर्ने माग गरेका छन् । तरकारी व्यापारी मोहम्मद इस्लाम खानले सामान्य व्यापारबाट हुने आयआर्जनले भईरहेको जीविकोपार्जन महानगरले रोकिदिएको बताए ।

कोरोनाभाइरस कोभिड १९ का कारण लकडाउनको बेला महानगरभित्रका सबै साप्ताहिक हाट बजार बन्द गराएको थियो । महानगरको छैठौ नगरसभाबाट महानगरभित्रका सबै साप्ताहिक हाटबजार नलगाउने भनेर निर्णय समेत गरेको छ ।
महानगरको छैठौ नगरसभाबाट साप्ताहिक हाटबजारलाई दिदैआएको ठेक्का समेत अहिले रोकेको छ । गत आर्थिक बर्ष २०७७÷२०७८ देखी महानगरले साप्ताहिक हाट बजारबाट उठाउदै आएको कर बन्द गरेको छ ।

महानगरले खुला रुपमा लगाउदै आएको हाट बजार बन्द गरेपछि कतिपय व्यापारीहरुले भने ठेला र सटर भाडामा लिएर तरकारी व्यापार पनि गर्न थालेका छन् । विराटनगर २ स्थित सोमबारे हाटमा विगत १५ बर्षदेखी तरकारीको व्यापार गर्दै आउनुभएकी उषा पराजुलीले रोडमा तरकारी व्यापार गर्दा महानगरले दुख दिएका कारण अहिले सटर भाडा लिएर तरकारी बेच्न थालेको बताउनुभयो ।

विराटनगर महानगरले गत चैतदेखि हाटबजारका व्यापारीलाई बल प्रयोग गरेरै हटाउँदै आएको छ । नगर प्रहरी निरीक्षक राजन पौडेलका अनुसार बढी भिड हुने शनिहाट , सोमबारे र नोबेल जानेबाटोको शुत्रबारे हाटलाई पुर्ण रुपमा बन्द गरिएको छ ।
महानगरलाई घेराउ गर्न पुगेका व्यापारीहरुको बारेमा भोली महानगरका प्रमुख भिम पराजुली , प्रसाशकिय अधिकृत र व्यापारीहरुसँग छलफल गर्ने कार्यक्रम तय गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्