नेपाली क्रिकेट समर्थक समाजको अध्यक्षमा पराजुली निर्वाचित

नेपाली क्रिकेट समर्थक समाजको अध्यक्षमा पराजुली निर्वाचित

विराटनगर । नेपाली क्रिकेटको समर्थकहरुलाई एकत्रित गर्दै क्रिकेट खेलको बिकास र बिस्तारमा समर्थकको तर्फबाट योगदान पुर्याउने उदेश्यले स्थापित नेपाली क्रिकेट समर्थक समाजको पाचौं साधारण सभा तथा तेस्रो अधिबेशन शनिबार सम्पन्न भएको छ ।
काठमाडौमा सम्पन्न भएको साधारणसभाले आगामी दुई बर्षको लागि नीति तथा कार्यक्रम तय गर्नुका साथै नारायण पराजुलीको अध्यक्षतामा नयाँ कार्यसमिती चयन गरेको हो ।

साधारणसभामा समर्थक समाजले सातै प्रदेशमा सम्वन्वय समिती गठन गर्ने प्रस्ताब पारित समेत गरेको छ । आगामी २ बर्षका लागि चुनिएको कार्यसमितिमा अध्यक्षमा पराजुलीसँगै उपाध्यक्षमा रेजिना बस्नेत सचिबमा शुभ दुलाल सहसचिबमा मोहन ज्ञवाली कोषाध्यक्षमा अच्युत पाण्डे निर्वाचित भएका छन् ।

त्यसैगरी सदस्यहरुमा तारा पाठक, केदार शर्मा, मनिस कार्की नियुक्त भएका हुन । त्यस्तै प्रदेश सम्योजकको रुपमा साधारणसभाले प्रदेश न १ मा ईश्वर रेग्मी , प्रदेश न ३ मा विशाल पौडेल र प्रदेश, प्रदेश न ५ मा सागर पङेनी चयन समेत गरेको छ । बाकी प्रदेशमा कार्यसमितिले सम्योजक तोकिने अध्यष पराजुलीले बताउनुभयो । सस्थाका सस्थापक सदस्य, आजिवन सदस्य, विभिन्न जिल्ला सम्वन्वय समितीका सम्योजक साथै जनरल सदस्यहरु सहभागी साधारण सभामा सस्थाको संगठनात्मक अबस्था बारे निबर्तमान अध्यक्ष बिराज घिमिरेले, गतिबिधी र प्रगती बिबरण सचिब नारायण पराजुलीले प्रस्तुत गरेका थिए । आर्थिक बिबरण कोषाध्यक्ष कपिल श्रेष्ठले प्रस्तुत गरेका थिए । सस्थाले बर्षभरी गरेको गतिबिधीको आधारमा चितवन जिल्ला सम्वन्वय समितीलाई उत्कृष्ट जिल्ला समेत घोषणा गरिएको छ ।
त्यसबाहेक सहभागीहरुले सस्थाको विभिन्न नितिगत योजना साथै आगामी २ बर्षको कार्यक्रमहरुमा आ–आफ्नो धारणा ब्यक्त गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्