छुरा प्रहार गरी हत्या गरेको अभियोगमा पक्राउ

<span class='c1'>छुरा प्रहार गरी हत्या</span> <span class='c2'> गरेको अभियोगमा पक्राउ</span>

भारत मोतिहारी घर भएका कलाम मियाको छुरा प्रहार गरी हत्या गरेको अभियोगमा सोही ठाउँका २५ वर्षीय सुबोध शर्मालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौँ महानगरपालिका–१६ बाइपास ओरालोस्थित सडकमा मङ्गलबार उनको छुरा प्रहारबाट गम्भीर घाइते भएका कलामको शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा मृत्यु भएको हो ।

घटनापछि फरार रहेका शर्मालाई काठमाडौँ फर्पिङस्थित सुरक्षा चौकीबाट आज पक्राउ गरिएको महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रमेश विष्टले जानकारी दिनुभयो । उहाँका अनुसार ना१ज ७५६२ नंको सुमो गाडीमा उपत्यकाबाट भाग्ने क्रममा फेला पारी प्रहरीले पक्राउ गरिएको हो । घटनाको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्