विद्यालयको शौचालय अनुगमन गर्ने सबइञ्जिनीयर घुस रकमसहित पक्राउ

विद्यालयको शौचालय अनुगमन गर्ने सबइञ्जिनीयर घुस रकमसहित  पक्राउ

जिल्ला आयोजना कार्यान्वयन एकाइ (शिक्षा) तनहुँका सबइञ्जिनीयर सुरेन्द्र अधिकारी रु एक लाख ५० हजार घुस लिएका आरोपमा पक्राउ परेका छन् । सदरमुकाम दमौलीस्थित एक होटलमा उक्त रकमसहित सबइञ्जिनीयर अधिकारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराले आज पक्राउ गरेको हो ।

भानु नगरपालिका–५ मैवलस्थित सरस्वती माध्यमिक विद्यालयमा निर्माण गरिएको शौचालयको अनुगमन गरेबापत उक्त रकम घुस लिएको बताइएको छ । पटकपटक उक्त रकम माग गरेर सताउन थालेपछि रकम लिँदै गरेका अवस्थामा पोखराका प्रहरी नायब उपरीक्षक दीपेन्द्र बञ्जियार थारुका नेतृत्वमा आएको टोलीले अधिकारीलाई पक्राउ गरेको हो । उक्त विद्यालयमा रु १४ लाख ६९ हजारको लागतमा शौचालय निर्माण गरिएको थियो । घुस लिँदै गरेका अवस्थामा सोही होटलमा बसेर मुचुल्का उठाएर कानूनी प्रक्रियाका लागि अघि बढाइएको आयोगका सूचना अधिकारी मेघनाथ रिजालले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्