प्रहरीलाई घाइते बनाइ फरार रहेका चालक थुनामा

<span class='c1'>प्रहरीलाई घाइते  बनाइ</span> <span class='c2'>फरार रहेका चालक थुनामा</span>

कार्यक्षेत्रमा खटिरहेका अवस्थामा प्रहरीलाई घाइते बनाएर फरार रहेका मोटरसाइकल चालक आज पुर्पक्षका लागि थुनामा परेका छन् । सवारी अङ्गभङ्ग मुद्दामा सिरहाको लहान नगरपालिका–१८ का ३४ वर्षीय डम्बरनारायण चौधरीलाई सप्तरी जिल्ला अदालतको आदेशमा राजविराज कारागारमा थुनामा पठाइएको प्रहरीले जनाएको छ ।

स७प २५८० नंको मोटरसाइकल चलाएका चौधरीले गत मङ्सिर २१ गते सवारी साधन जाँच गरिरहेका प्रहरी सहायक निरीक्षक हिमबहादुर खतिवडालाई ठक्कर दिएर घाइते बनाएका थिए । सप्तरीको सुरुङ्गा नगरपालिका–४ स्थित पूर्वपश्चिम रागमार्गमा रहेको ट्राफिक प्रहरी पोष्ट कदमाहा कार्यरत खतिवडाले सवारी साधन जाँच गरिरहेका बेला मोटरसाइकलले ठक्कर दिँदै चौधरी फरार भएका थिए । फरार उनलाई पक्राउ गरी सवारी अङ्गभङ्ग मुद्दा चलाइएको छ । दुर्घटनामा घाइते प्रसनि खतिवडाको खुट्टा भाँचिएको थियो । घाइतेको स्वास्थ्योपचार भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्