ओवी फ्लोअप : किन भयो विराटनगर प्रदुषित शहर, के भन्छन् जानकार

ओवी फ्लोअप : किन भयो विराटनगर प्रदुषित शहर, के भन्छन् जानकार

प्रेम देवान

विराटनगर । औद्योगिक सहरको रुपमा परिचित विराटनगरको वायुप्रदूषण उच्च भएपछि स्थानीय सरकारले घरबाहिर ननिस्कन अपिल गरेको छ । वायुप्रदूषण बढेपछि विराटनगर महानगरपालिकाले अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन अपिल गरेको हो ।

विराटनगर महानगरपालिकामा बढ्दै गएको प्रदुषणलाई तत्काल नियन्त्रणका लागि चासो समेत उतिकै देखिदै आएको छ । वातावरणको क्षेत्रका जानकार रामचन्द्र अधिकारीका अनुसार वायुप्रदूषण हिउँदको समयमा बढी हुने गरेको छ । यसपटक वायुप्रदूषण बढी हुनुका कारण हिउदको समयमा पानी नपर्नु र शितलहर नहुनु मुख्य कारक रहेको अधिकारीको भनाई छ ।

वायु प्रदूषणले तत्काल असर नदेखिए पनि दिर्घकालीन रुपमा गम्भीर असर गर्न सक्ने अधिकारीको भनाई छ । विषेश गरी प्रदुषणले श्वासप्रश्वासमा समस्या देखिने त्यसैगरी मुटुको लागी बढी खतरा हुने र गर्दा ह्दयघात जस्ता रोग लाग्ने गरेको अधिकारीले बताउनुभयो ।
प्रदूषित हावामा लिड, मर्करी, क्याडनियमजस्ता धातुको मात्रा बढी पाइने भएकोले श्वासप्रश्वासको माध्यमबाट ती शरीरमा पुगेर स–साना कोषहरु बन्द गर्न सक्ने चिकित्सको भनाई छ । प्रदूषित हावाका कारण श्वासप्रश्वासको समस्यासँगै घाटी र छालामा समेत यसले गम्भिर रोग निम्ताउन सक्ने नाक तथा घाटी रोग विशेषज्ञ डाक्टर मदन कोईरालाले बताउनुभयो ।

हुन त नेपालीहरु काम विशेषले घरबाट निस्कनै पर्ने वाध्यता रहन्छ । यदि घरबाट काम विशेषलले निस्कीहाल्नु पर्ने अवस्था आएमा अनिवार्य मास्क र चस्मा लगाएर हिड्न सुझाव दिनुभयो ।विराटनगरको वायु प्रदूषण उच्च तहमा पुगेकाले केही दिनका लागी मर्निङवाक जस्ता बाहिरी शारिरिक व्यायम नगर्न आग्रह गरिएको विराटनगर महानगरपालिका प्रशासकिय अधिकृत इन्द्रमणी पोखरेलले बताउनुभयो ।
वायु प्रदूषणको मापनका लागि महेन्द्र मोरङ क्याम्पस परिसरमा उपकरण जडान गरिएको छ । मुलुकभरको वातावरणको अवस्था जानकारी दिनका लागि र सबैले थाहा पाउन भनेर विराटनगर ३ स्थित डिभिजन वन कार्यालयमा डिस्प्ले बोर्ड राखिएको महानगरपालीका वातावरण शाखाकी अधिकृत अनिता न्यौपानेले बताउनुभयो । यस्तो अवस्थामा प्रदूषण फैलनसक्ने गतिविधि नगर्नका लागि अपिल गरिएको छ ।

वायु प्रदुषणको मापन मौसम परिवर्तनसँगै घटबढ भईरहन्छ । विराटनगरको २ अघिसम्म २१९ देखाएको थियो भने बिहीबार बिहानको १६९ र दिउसोको १५७ सम्म देखाएको न्यौपानेले जानकारी दिनुभयो । विभिन्न अध्ययनले उल्लेख गरेको प्रदूषणको असरलाई हेर्ने हो भने नेपाल भयावह अवस्था देखाएको छ । प्रत्येक वर्ष नेपालमा ४२ हजार १०० जनाको मृत्युमा प्रदूषण पनि कारण हुने गरेको स्टेट अफ ग्लोबल एयर रिपोर्ट २०२० को आंकडा छ ।

प्रदूषणका कारण सीओपीडी (फोक्सोसम्बन्धी) रोग लागेर सबैभन्दा धेरैले ज्यान गुमाउने गरेको अध्ययनले देखाएको छ । फोक्सोसम्बन्धी समस्याबाट मृत्यु हुनेमध्ये ६६ प्रतिशतले प्रदूषणकै कारण ज्यान गुमाउनु परेको देखिएको छ । विराटनगरको वायु प्रदुषणको तह एयर क्वालेटी ईन्डेक्स २ सय भन्दा माथी देखिन थालेपछि महानगरपालीकाले नगरवासीमा सार्वजानिक अपिल गर्दै स्वास्थ्य सुरक्षाको निम्ती सचेत रहेन आग्रह गरेको छ ।
काठमाडौंको वायु प्रदूषण विश्वमै नम्बर एकमा पुगेको भन्दै त्यसको चिन्ता बढिरहेको छ । स्वीटजरल्याण्ड मुख्यालय रहेको एक्युएअरले गत सोमबारको काठमाडौंको एक्युआई ४८७ सम्म सुचकाङ्क देखाएको थियो । तर केही दिनयता विस्तारै प्रदूषणको तह घट्ने क्रम समेत देखिदैं आएको छ ।

सामान्यतया हावाको गुणस्तर एयरक्वालिटी इन्डेक्स ०–५० सम्मको सुचकाङ्कको अवस्थालाई राम्रो मानिन्छ । तर विराटनगरमा हावाको गुणस्तर (एयर क्वालेटी इन्डेक्स) केहिदिन अगाडी २१९ सम्म पुगेको थियो । एक सयदेखी माथीको तहलाई रेड जोन अर्थात खतराको सकेतमा रहेको बुझिन्छ । यसैक्रममा बुधबार १५७ सम्मको सुचकाङ्का देखाएको थियो भने बिहीबार पनि सोही रेसियोमा देखाएको थियो ।
वातावरण विभागले काठमान्डौ शहर लगायत तराईका मुख्य ठूला शहरहरु पनि वायु प्रदुषणको जोखिममा देखिएका कारण नागरिकहरुलाई विशेष सावधानी अपनाउन अपिल गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्