प्रधानमन्त्री कप क्रिकेट छनोटमा आठ अङ्क जोड्दै सुनसरी शीर्ष स्थानमा

<span class='c1'>प्रधानमन्त्री कप क्रिकेट छनोटमा आठ</span> <span class='c2'>अङ्क जोड्दै सुनसरी शीर्ष स्थानमा</span>

विराटनगर । प्रधानमन्त्री कप क्रिकेट २०८१ को छनोट प्रतियोगिता सबै खेलमा विजयी हुँदै सुनसरी शीर्ष स्थानमा उक्लिएको छ । कोशी प्रादेशिक क्रिकेट सङ्घको आयोजनामा भएको बिहीबारको अन्तिम खेलमा पनि जित निकाल्दै आठ अङ्कका साथ सुनसरी शीर्ष स्थानमा उक्लिएको हो ।

बैजनाथपुरको क्रिकेट मैदानमा भएको अन्तिम खेलमा सुनसरीले उदयपुरलाई पाँच विकेटले पराजित गरेको छ । टस जितेर पहिला ब्याटिङ गरेको उदयपुरले निर्धारित ५० ओभरमा २४ दशमलव ४ बलको क्षतिमा सबै विकेट गुमाउँदै ५० रन बनाएको थियो । उदयपुरका लागि सुशान्त तिमल्सिनाले सर्वाधिक १७ रन बनाए । उदयपुरका लागि दिपकराज जोशीले सर्वाधिक तीन विकेट लिए ।

जितका लागि ५१ रनको लक्ष्य पाएको सुनसरीले ९ दशमलव १ बलमा पाँच विकेट गुमाउँदै लक्ष्य भेट्टाएको थियो । सुनसरीका लागि सोनु मण्डलले सर्वाधिक १३ रनको योगदान दिए । सुनसरीका प्लेयर अफ द म्याच प्रकाश कार्कीले सर्वाधिक चार विकेट लिए । यसैगरी मेरिवोन ज्वाला क्रिकेट मैदानमा बिहीबार नै भएको दोस्रो खेलमा मोरङले झापालाई ९ विकेटले पराजित गरेको छ । मोरङले चार मध्ये तीन खेलमा जित निकाल्दै ६ अङ्क जोड्दै दोस्रो भयो । झापाले चार मध्ये दुई खेलमा जित निकाल्दै चार अङ्क जोड्दै तेस्रो स्थान ओगट्न सफल भयो । टस जितेर पहिला ब्याटिङ गरेको झापाले निर्धारित ५० ओभरमा ४३ दशमलव १ बलको क्षतिमा सबै विकेट गुमाउँदै एक सय १४ रन बनाउन सक्यो । झापाका भुपाल दङ्गालले सर्वाधिक ३९ रनको योगदान दिए । मोरङका श्रवण किस्कुले तीन विकेट लिँदा अमर यादवले पनि तीन विकेट लिए ।

जितका लागि एक सय १५ रनको चुनौती पाएको मोरङले २९ दशमलव १ बलमा १ विकेट गुमाउँदै लक्ष्य भेट्टायो । मोरङका प्लेयर अफ द म्याच सकिब हकले अविजित ५२ रन बनाउँदा मिनस थापाले अविजित ४७ रनको योगदान दिए । झापाका विपिनकुमार महतोले एक विकेट लिए । लिगको आधारमा खेलाइएको खेलमा मोरङ, झापा, सुनसरी, इलाम र उदयपुरसहित पाँच टिमको सहभागिता थियो । छनोट खेलमा अङ्कका आधारमा क्रमशः शीर्ष स्थानमा रहने तीन टिमबीच आगामी चैत पहिलो हप्ता इलाइट कप खेलाइने कोशी क्रिकेट सङ्घका अध्यक्ष सर्वजीतराज पाण्डेले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्