कालिञ्चोक भगवतीको दर्शन गर्न पुगेकि महिला दर्शनार्थीको मृत्यु

कालिञ्चोक भगवतीको दर्शन गर्न पुगेकि महिला दर्शनार्थीको मृत्यु

दोलखाको कालिञ्चोक भगवती मन्दिरमा दर्शनका लागि आएकी एक महिलाको मृत्यु भएको छ । दोलखाको प्रसिद्ध धार्मिकस्थल कालिञ्चोकमा दर्शन गर्न आएकी मकवानपुर जिल्ला फापरबारीकी ३३ वर्षीया सम्झना रोका मगरको आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

दर्शन गर्न कालिञ्चोकको कुरीबजार पुगेको र सामान्य बिरामी भई मन्दिर जान नसकी कुरीस्थित सङ्गीता होटलमा आराम गरी बसेको बेला एक्कासी बेहोस भएपश्चात उपचारका लागि चरिकोट ल्याइएको थियो । बेहोस भई आज बिहान १०:३० बजे चरिकोट ल्याइएको रोका मगरको ११:३० बजे चरिकोट अस्पतालमा मृत्यु भएको थियो । शव चरिकोट अस्पतालमा राखिएको र थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक अञ्जन कोइरालाले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्