सुनवर्सि घाटमा ४ सय मिटरको झोलुङ्गे पुल

सुनवर्सि घाटमा ४ सय मिटरको झोलुङ्गे पुल

रबिन्द्र बराल
रंगेली । मोरङको रतुवामाई नगरपालिका ५ स्थित सुनवर्सिघाट मा ४ सय मिटरको मल्टिस्पान झोलुङ्गे पुल बनेको छ । डाईगन थानी हिमशिखिर जेवीले सम्झौता समाप्त अवधी भन्दा पाँच महिना पहिल्यै पुल निर्माण कार्य सम्पन्न गरेको हो ।

निर्माण कम्पनिसँग २०७५ चैत्र २६ गते ठेक्का सम्झौता भएको थियो । नेपाल सरकारको ४ करोडौं २० लाख ३५ हजार ४ सय ४५ रुपैयाँको लागत ४ सय मिटर लम्बाइको झोलुङ्गे पुल निर्माणसँगै स्थानीय लाभान्वित हुने भएका छन् । नेपाल सरकारले तोकेको मापदण्डअनुसार उक्त कम्पनी ले ५ महिना अगाडि नै सबै प्रक्रिया पुर्याएर निर्माण कार्य सम्पन्न गरेको ठेक्केदार लोक बहादुर बस्नेत ले बताउनुभयो ।


खोलामा लामो पुल बनेपछि स्थानीय लाई सहजसँगै पर्यटकीय क्षेत्रको रुपमा समेत यस स्थानले महत्व पाउने भउक्ँे छ । झोलुङ्गे पुल बनेपछि अहिले दैनिक रुपमा यस स्थानमा मोरङ र झापा लगायतका विभिन्न स्थानबाट आउनेहरुको संख्या बढ्दै गएको छ । पछिल्लो समयमा पर्यटकीय स्थलको रुपमा सञ्चालनमा आएको र सर्वसाधारण हरु को समेत घुईचो लाग्ने गरेको स्थानीय कुमार बुढाथोकीले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्