सुनको मूल्य प्रतितोला रु दुई हजार ३०० ले ओरालो लाग्यो

<span class='c1'>सुनको मूल्य प्रतितोला रु दुई</span> <span class='c2'>हजार ३०० ले ओरालो लाग्यो</span>

स्थानीय बजारमा आज सुनको मूल्यमा ठूलो अङ्कले ह्रास आएको छ । सुनको मूल्यमा प्रतितोला रु दुई हजार ३०० ले ओरालो लागेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजका लागि तोकेको मूल्यअनुसार छापावाला सुन प्रतितोला रु ९३ हजार छ । प्रतितोला रु ९५ हजार ३०० मा शुक्रबार कारोवार भएको छापावाला सुन आज प्रतितोला रु दुई हजार ३०० ले ओरालो लागेर रु ९३ हजार कायम भएको छ । यस्तै तेजाबी सुन आजका लागि प्रतितोला रु ९२ हजार ५०० तोकिएको छ । प्रतितोला रु ९४ हजार ८०० मा शुक्रबार कारोवार भएको थियो । तेजाबी सुन शुक्रबारका तुलनामा आज रु दुई हजार ३०० ले नै ओरालो लागेको हो ।

यस्तै चाँदीको मूल्य प्रतितोला रु एक हजार २७० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । चाँदी प्रतितोला शुक्रबार रु एक हजार ३३० मा कारोवार भएको थियो । चाँदी तोलामा रु ६० ले घटेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्