आन्दोलनका लागि तयार रहनुहोस्: माधवकुमार नेपाल

आन्दोलनका लागि तयार रहनुहोस्: माधवकुमार नेपाल

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल– नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरी मुलुकलाई सङ्कटमा धकेलेको आरोप लगाउनुभएको छ । जनकपुरधाममा नेकपा दाहाल–नेपाल समूहले आज आयोजना गरेको नेता–कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले वर्तमान प्रधानमन्त्रीबाट देश र समाजको परिवर्तन सम्भव नभएको विचार राख्नुभयो ।

उहाँले भन्नुभयो, “बहुमत हाम्रो पक्षमा रहेको छ ।” अध्यक्ष नेपालले आन्दोलनका लागि तयार रहन नेता तथा कार्यकर्तालाई निर्देशनसमेत दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्