कर्मचारीमा सङ्क्रमण देखिएपछि हुम्लाको सिटिजन बैैंक सिल

<span class='c1'>कर्मचारीमा सङ्क्रमण देखिएपछि हुम्लाको</span> <span class='c2'>सिटिजन बैैंक सिल</span>

हुम्लाको सदरमुकाम सिमकोटमा रहेको सिटिजन बैंक शाखा कार्यालय सिल गरिएको छ । बैंकमा कार्यरत पाँच कर्मचारीलाई एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्दा दुई कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि आइतबारदेखि सिल गरिएको हो ।

शनिबार दुईजना कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि आइतबारदेखि सिटिजन बैंक शाखा कार्यालय सिमकोट सिल गर्नुका साथै कारोबार ठप्प भएको बैंकले जानकारी दिएको छ । एक महिला र एक पुरुष कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि दुई दिनका लागि बैंक सिल गरिएको हो ।

पुरुष कर्मचारीमा देखिएको कोरोना सङ्क्रमणको उपचार यहाँ हुन नसकेपछि उहाँलाई जिल्लाबाहिर पठाउने तयारी भइरहेको सिटिजन बैंकका कर्मचारी लालु भण्डारीले जानकारी दिनुभयो । सङ्क्रमित कर्मचारीको अवस्था जटिल देखिएपछि हेलिकप्टरमार्फत जिल्लाबाहिर पठाउने तयारी भइरहेको जिल्ला अस्पतालका सूचना अधिकारी भक्ति फडेराले जानकारी दिनुभयो ।

जिल्लामा सङ्क्रमित कर्मचारीको उपचार सम्भव नभएपछि उद्धारका लागि हेलिकप्टर मागको लागि पहल भइरहेको फडेराले बताउनुभयो । जिल्ला अस्पताल हुम्लाले जिल्लास्थित सरकारी तथा गैरसरकारी कार्यालयका कर्मचारी तथा भीडभाड बढी हुने कार्यालयमा कार्यरत कर्मचारीको कोरोना परीक्षण गर्दै आएको जिल्ला अस्पतालका सूचना अधिकारी फडेराले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्