विराटनगरको गुद्री बजार तरुलमय, व्यापार भने कम भएको व्यापारीको गुनासो

विराटनगरको गुद्री बजार तरुलमय, व्यापार भने कम भएको व्यापारीको गुनासो

एन्जु शिवाकोटी
विराटनगर । माघे सङ्क्रान्तिमा तरुल र पिँडालु जस्ता कन्दमुलको विशेष महत्व हुन्छ। यो पर्व नजिकिएसँगै विराटनगरको बजार तरुलमय देखिन्छ । तरुल एक प्रकारको कन्दमुल हो। माघे सङ्क्रान्तिमा यसको विशेष महत्व हुने गरेको छ। तरुललगायतका कन्दमूलविना माघे सङ्क्रान्तिको पर्व अधुरो जस्तो हुन्छ। माघे सङ्क्रान्तिका लागि पुसको पाक्य माघको खाक्य भन्ने किंवदन्ती नै छ।

पुसको अन्तिम दिन अर्थात् मसान्तमा तरुललगायतका कन्दमूल उसिनेर भोलिपल्ट अर्थात् माघे सङ्क्रान्तिका दिन घ्यू , चाकुसहित खाने परम्परा रहेकाले यो पर्वलाई ध्यू चाकु सङ्लु पनि भनिन्छ। बजारमा अहिले विभिन्न प्रकारका तरुलहरू पाइने गर्दछन्। हात्तीपाइले तरुल, रातो तरुल, बन तरुल, चिप्ले तरुल, लाम्चो चिप्ले तरुल, पातले तरुल, सिमल तरुल, सखरखण्ड प्रजातिका तरुल बजारमा पाइन्छन्।

विराटनगर स्थित गुद्रि बजारमा बिहीबारको माघे संक्रान्तिलाई लक्षित गर्दै एक हप्ता अगाडीदेखि नै तरुलको डंगुर लगाइएको छ । तर, गत बर्षको तुलनामा यसबर्ष तरुलको मूल्य कम भएपनि माग भनेजस्तो नभएको १० बर्षदेखि गुद्रिमा तरकारी बेच्दै आएका सन्तोष मण्डलले बताउनुभयो ।


‘मुल्यमा कमी भए पनि व्यापार राम्रो हुन सकेको छैन, मण्डलले भन्नुभयो–गतबर्ष भन्दा ३५ प्रतिशतले कम व्यापार छ । त्यसैगरी १२ बर्षदेखि तरकारी व्यापार गर्दै आउनु भएका सरोज साहले पनि व्यापार राम्रो नभएको बताउनुभयो । गतबर्ष भन्दा निकै सस्तो छ, यो बर्ष तरुलको मुल्य तर किन्ने पनि कम छन् । धनकुटाबाट ३ क्विन्टल तरुल ल्याएको छु, सबै बिक्री हुन्छ जस्तो लागेको छैन, गतवर्ष ५ क्विन्टल बेचेको थिए ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्