विराटनगरको हिमालय दर्शन कजेजमै बार एण्ड रेष्टु–राँ

विराटनगरको हिमालय दर्शन कजेजमै बार एण्ड रेष्टु–राँ

विराटनगर । विराटनगर–९ स्थित हिमालय दर्शन कलेजमा बार एण्ड रेष्टु–राँ र प्रयोगशाला स्थापना गरिएको छ । कलेजमा अध्ययनरत विएचएमका विद्यार्थीहरु लागि प्रयोगात्मक अध्ययनका लागि होटल ल्याव र बार रेस्टु–राँ सञ्चालनमा ल्याइएको हो ।


कलेज व्यस्थापन समितिका अध्यक्ष गुणराज ढुङगेलले ल्याब र बार एण्ड रेष्टु–राँको उद्घाटन बुधबार उद्घाटन गर्नु भएको थियो । कलेजमा विएचएम अध्ययनरत विद्यार्थीहरुको लागी उक्त प्रयोगशालामा बेकरी, कफि, बार, फ्रन्टअफिस लगायतको अभ्यास अध्ययनका लागि तालिमहरु प्रदान गरिने हिमालय दर्शन कलेजका (विएचएम ) प्रमुख सरोज पौडेलले जानकारी दिनुभयो ।


कलेजले नयाँ भर्नाका लागि आउने विद्यार्थीहरुलाई एकदिने अभिमुखिकरण समेत बुधबार गराएको छ । होटल क्षेत्रको वर्तमान अवस्था र भविष्यको संभाव्यताबारे कलेजले विद्यार्थीहरुलाई एक दिने अभिमुखिकरण गराएको हो । कलेजमा होटल मेनेजमेन्टमा भर्ना आउने १ सय २० जना विद्यार्थीहरुलाई व्यावसायिक रुपमा होटल क्षेत्रको बर्तमान अवस्था र भविष्यमा होटल क्षेत्रको सम्भावनाको बारेमा जानकारी गराइएको थियो ।


लविङ एण्ड डेभलोपमेन्ट मेरियट होटल काठमाण्डौका निर्देशक रुपेश श्रेष्ठले अभिमुखिकरण कार्यक्रमको सहजिकरण गर्नुभएको थियो । त्यसैगरी कार्यक्रममा कलेजका क्याम्पस प्रमुख भरत सापकोटा, कलेजका निर्देशकद्वय भेषराज पोखरेल र शेलेन्द्रराज सिवाकोटी, शम्भु माझी र मनोज राजवंशीले होटल मेनेजमेन्टको बारेमा बताउनु भएको हो । अभिमुखिकरण कार्यक्रममा सहभागी सबै विद्यार्थीहरुलाई प्रमाण पत्र समेत वितरण गरेर विदाई गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्