पूर्वमा चेन होटेल परिकल्पना, विराटचौकमा ६० करोड लगानीमा ‘नेपलिरिका’ सञ्चालनमा आउँदै

पूर्वमा चेन होटेल परिकल्पना, विराटचौकमा ६० करोड लगानीमा ‘नेपलिरिका’ सञ्चालनमा आउँदै

विराटनगर । पूर्वमा लोकप्रिय पीएलओ (पूर्वाञ्चल ल्युब आयल) ग्रुपले अब होटेल क्षेत्रमा समेत लगानी गरेको छ । चेन होटेलको परिकल्पना गरि नयाँ क्षेत्रमा लगानी गरिएको हो । ‘नेपलिरिका’ नाम दिइएको उक्त होटेल चेन मोरङको बिराटचोक र झापाको दमकमा संचालनमा ल्याउने तयारी गरिएको हो ।

मोरङको सुन्दर हरैंचा–९ मा १ बिघा ५ कट्ठा क्षेत्रफलमा निर्माणाधीन होटलमा ५१ वटा कोठा हुनेछन्। जसमध्ये एउटा प्रेसिडेन्सियल सुइट रुम र आठ वटा सुइट रुम हुनेछन् । होटलमा ४ कोठाका ५ वटा भिल्ला रहने छन्।


यसबाहेक ५ सय जना मानिस अटाउने दुई ब्याङ्केट हल र ५० जना क्षमताको एउटा मिटिङ हल निर्माणको चरणमा छ। होटलमा साउना स्टिम, ज्याकुजी, सलुन, जिम र जुम्बासहितको फिटनेस सेन्टरको निर्माण गरिएको छ। त्यस्तै दुई वटा रेस्टुरेन्ट, एउटा स्विमिङ पुल र एउटा कफी सप पनि राखिएको छ। होटलमा ६० करोडको लगानी पुग्ने अनुमान रहेको होटेलका निर्देशक आकाश दुलालले जानकारी दिए ।

झापाको दमक–६ भृकुटी चोकको १० कट्ठा जमिनमा निर्माणाधीन होटलमा ५२ कोठा हुनेछन्, जसमा ७ वटा कोठा सुइट रुमलाई छुट्याइएको छ। साथै एउटा बारसहितको रेस्टुरेन्ट, आठ सय जना अटाउने एउटा ब्याङ्केट हल, ५० जना क्षमताको एउटा सभा हल र एउटा स्विमिङ पुल निर्माणाधीन रहेको दुलालले बताए।होटेलको संचालन माघको अन्तिम साताबाट पूर्णरुपमा सुरु गरिने पनि दुलालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्